भर्खरै राहदानी विभागले निकाल्यो MRP बारे जरुरी सूचना: बिदेशमा बस्ने नेपालीलाई अत्यन्त जरुरी !!! सबैले एक पटक हेर्न नभुल्नुस होला !
यही नोभेम्बर २४, २०१५ (तद्नुरुप २०७२ मंसिर ०८ गते) पछि सम्पूर्ण हस्तलिखित राहदानीहरु नचल्ने (मान्य नहुने) भएकोले जतिसक्दो छिटो MRP बनाउनु हुन सम्बद्ध सबैमा हार्दिक अनुरोध गरिन्छ । साथै विदेशमा हस्तलिखित राहदानीमा रहेका आफन्तजनहरुलाई नेपाली राजदूतावासहरुमा सम्पर्क गरी MRP बनाउनको लागि जानकारी गराउनु हुन समेत अनुरोध गरिन्छ।
सन २०१५ को नोभेम्वर २४ अगावै हस्तलिखित राहदानी प्रतिस्थापन गरी मेशिन रिडेवल राहदानी (MRP) जारी गरिसक्नु पर्ने अन्तरराष्ट्रिय नागरिक उडड्यन संगठन (ICAO) को प्रावधानलाई सफल तुल्याउनका लागि राहदानी विभाग परराष्ट्र मन्त्रालयले एक सूचना सार्वजनिक गरेको छ ।
हस्तलिखित राहदानी लिई बिदेशमा रहेका नेपाली नागरिकहरुले समयमै (MRP) नबनाएमा उहाँहरुको बर्साई गैरकानूनी हुन गई विभिन्न कानूनी तथा प्राविधिक कठिनाईहरु भोग्नु पर्ने अवस्था आउन सक्ने हुनाले यथाशीघ्र आफू रहेको देशको नेपाली नियोगमा सम्पर्क गरी मेशिन रिडेवल राहदानी (MRP) बनाउन अनुरोध गर्दै राहदानी विभाग परराष्ट्र मन्त्रालयले सो सूचना जारी गरेको हो ।