म १७ वर्षकी युवती हुँ मैले के गरेर ... हस्तमैथुन गर्दा हानि हुन्छ ?
म कसैलाई धेरै मन पराउँछु । उहाँ पनि मलाई धेरै माया गर्नुहुन्छ । अहिले उहाँ काठमाडौंमा पढ्दै हुनुहुन्छ । पहिले गाउँमा हुँदा कहिलेकाहीं यौनसम्पर्क हुन्थ्यो । अहिले मलाई पढ्नै मन लाग्दैन । खालि उहाँसँग बिताएका पलहरूको सम्झना आउँछ । राति हातले यौनसम्पर्कको मज्जा लिन्छु । कतै यसले पछि असर गर्छ कि ? मैले के गरेर आफ्नो मन बहलाउन सक्छु ?
डा : - माया-प्रेमका कुरा किशोरावस्था वा युवा अवस्थामा स्वाभाविक रूपमै विपरीतलिङ्गीप्रति आकषिर्त भइन्छ । यसै क्रममा कुनै व्यक्तिलाई मन पराइन्छ अनि प्रेम वा भनौं मायाका भावना आउँछन् । यी भावनाको उचित व्यवस्थापन सामान्य सामाजिक जीवनयापनका लागि आवश्यक हुन्छ । तपाईंहरू बीच गहिरो माया रहेको कुराले हषिर्त तुल्याएको छ । यद्यपि के भनौं भने क्षणिक आकर्षण र वास्तविक प्रेमको बीचमा फरक छुट्टयाउनु आवश्यक हुन्छ । क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ । किशोरावस्थामा आकर्षण पनि प्रेमसम्बन्ध नै हो जस्तो लाग्न सक्छ । तपाईंले आफ्नो प्रेमीको उमेर त उल्लेख गर्नुभएको छैन । उमेर बढी हुँदै गएपछि त्यो क्षणिक आकर्षणमा मात्र सीमित हुने सम्भावना कम हुन्छ ।
यो भिडियो अति उतेजक भएकोले तलको बक्स मा लुकाएर राखिएको छ तलको बक्समा डबल क्लिक गरेर भिडियो हेर्न सक्नु हुनेछ
किशोरावस्थामा विपरीतलिङ्गीप्रति हुने आकर्षण जैविक हो र त्यस्तो अवस्थामा यस्ता आकर्षणहरू बारम्बार पैदा हुन्छन् । कतिपयले किशोरावस्थामा हुने यस्तो आकर्षण वा मोहलाई नै वास्तविक प्रेम मान्छन् । प्रेम तथा आकर्षणको बीचमा भएका भिन्नता छुट्टयाउन सक्नुपर्छ । प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो र यो दुई व्यक्ति साथसाथै हुर्कंदा विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ । प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैको कदर गरिनुका साथै र उक्त व्यक्तिलाई सुखी-खुसी राख्न प्रयत्न गरिन्छ । यौन भावनाको व्यवस्थापन हामी सबैलाई थाहै छ, यौन चाहना हुनु सामान्य हो । विशेष गरेर किशोरावस्थामा यो तीव्र हुन्छ । कुनै सुखद अनुभूतिका लागि सबै नै व्यक्ति लालायित हुन्छन् र त्यसका लागि प्रयास गर्छन् अनि यौनसम्पर्कसम्म राख्छन् । यौनभावना तीव्र हुँदा यस्ता सुखद अनि रमाईला क्षण वारम्बार सम्झना आउने नै भयो । तपाईंले यौनचाहना शान्त पार्ने वैकल्पिक उपायका रूपमा हस्तमैथुन गर्ने कुरा उल्लेख गर्नुभएको छ । आफूमा आउने यौनचाहना अनि त्यसलाई शान्त पार्न के गर्न हुने के गर्न नहुने, गरेको कुरामा पनि कुन ठीक कुन बेठीक अनि त्यसबाट के-कस्तो असर पर्ला जस्ता अनेक कुरामा अलमल हुन्छ । यस्ता कुरा सामान्य हुन् वा कुनै खराबी भन्ने अन्यौल हुनसक्छ । यस्तो अवस्थामा अध्ययन एवं घरका अन्य कामकाजमा मन नजान सक्छ । घरपरिवार अनि समाजले अपेक्षा गरेको कुरामा चाहेअनुसार ध्यान केन्द्रित गर्न सकिँदैन् । एक किसिमको मानसिक द्वन्द्वको स्थिति आउँछ जसले चिन्ता र तनाव दुवै थप्छ । त्यसले अध्ययन तथा अन्य काममा नकारात्मक असर पार्ने नै भयो । मुख्य कुरा के भने परिवर्तनशील किशोरावस्थामा यी सबै कुरा स्वाभाविक नै हुन् तर अनावश्यक चिन्ता लिनुको साटो समय तालिका बनाएर आफूलाई अध्ययन, खेलकुद, व्यायाम अनि घरको काममा पनि संलग्न हुनुभयो भने यौन भावनालाई व्यवस्थापन गर्न सजिलो हुन्छ । समय बित्दै गएपछि तपाईंको निर्णय क्षमता पनि बढ्दै जान्छ र कुराहरू सही बाटोमा आउँछन् । हस्तमैथुनले पछि असर गर्छ कि ?सजिलो भाषामा भन्नुपर्दा आफ्ना यौनअङ्गहरू आफैले चलाएर यौन सन्तुष्टि लिने एक किसिमको यौन क्रियाकलाप नै हस्तमैथुन हो । यो एउटा स्वाभाविक यौन क्रियाकलाप हो । धेरैले महिलाहरूले हस्तमैथुन गर्दैनन् भन्ने माने पनि यथार्थ त्यस्तो हुँदैन । महिलाको यौन जीवनमा पनि हस्तमैथुनको ठूलो भूमिका हुन्छ । यौन आनन्द प्राप्त गर्ने उपायहरूमध्ये सबैजसोका लागि यौनअङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्क गर्दा यौन अङ्गहरू एकआपसमा घर्षण गराइन्छ । मानिसले आफ्नो यौन अङ्गको घर्षण अरू कसैको यौन अङ्गमा गराए मात्र यौन आनन्द पाउँछ भन्ने होइन । हस्तमैथुन एउटा त्यस्तो उपाय हो, जसवाट मानिसले अन्य तरिकाबाट नै आफ्नो यौनअङ्गको घर्षण गराएर यौन आनन्द तथा यौन चरमसुख प्राप्त गर्छ । सिद्वान्ततः यौनसम्पर्क गर्दा वा हस्तमैथुन गर्दा यौन अङ्गको घर्षणवाट यौन आनन्द प्राप्त गर्ने प्रक्रिया उस्तै नै हो । त्यसैले यौनसम्पर्क गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने भन्न मिल्दैन । छोटकरीमा के भनौं भने हस्तमैथुन एउटा स्वाभाविक यौन अभिव्यक्ति हो । यसले हानि गर्दैन । त्यसैले यसमा बन्देज लगाइरहनु पर्दैन । विवाहपूर्वको यौनसम्पर्क तपाईं अहिले भर्खरै १७ वर्षको किशोरावस्थामा हुनुहुन्छ । तपाइको केटासाथीको उमेर त थाहा भएन तर तपाईको उमेरकै हाराहारीमा हुनुहुन्छ भन्ने अनुमान गर्न सकिन्छ । यसरी विवाहपूर्व हुने यौन सम्पर्कका क्रममा कतिपय कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ । सहमतिमै भएका यौनसम्पर्क पनि समस्या विहिन हुने होइनन् । त्यसैले जोसमा होस गुमाउनु हुँदैन । त्यस्तो सम्बन्धमा अनिच्छित गर्भ वा यौनरोगको समस्या भोग्नुपर्ने सम्भावना हुन्छ जुन सम्भवतः तपाईंले भोग्नु परेको छैन । गर्भवाट जोगिन गर्भ निरोधका साधन प्रयोग गर्नुपर्छ । कन्डमले यौन रोगबाट जोगाउने कुरा त तपाईंलाई थाहै होला । अर्को कुरा वास्तविक प्रेम नभई आकर्षण हो भने सम्बन्धको स्थायित्वको प्रश्न पनि उठ्छ । त्यसो हुन नदिई सम्बन्धलाई बलियो बनाउन त्यसमा निरन्तर मलजल गर्नुपर्छ । सम्बन्धले निरन्तरता नपाउँदा त्यसका शारीरिक तथा मानसिक समस्या भोग्नुपर्ने स्थिति आउँछ । अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्ने क्रममा कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान लगाउन गाह्रो हुन्छ भने अर्कातिर सम्बन्धलाई कति अन्तरङ्ग हुन दिने वा कहाँ पुगेर रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण ढंगमा ठम्याउनुपर्ने हुन्छ । कतिपय स्थितीमा रोक्नुपर्छ भन्ने ज्ञान भए पनि आवश्यक सीप नहुन सक्छ । यसमा सम्बन्धलाई अघि बढाई यौन सम्पर्क राख्ने कि नराख्ने भनेर सही निर्णय लिन सक्ने सीप मुख्य कुरा हो । यदि यौन सम्पर्कका लागि परिस्थिति ठीक छैन भने यौन सम्पर्क नै नगर्ने निर्णय पनि लिन सक्नुपर्छ ।@ साप्ताहिक