यी हुन् भारतीय राजदुतलाई निकाला गर्न माग गर्ने साहसी सांसद

मंगलबार नेपालको संसदमा भारतीय राजदुत रञ्जित रे लाई देश निकाला गर्न माग गर्दै नारावाजी भयो । भारतीय राजदुतको जता ततै विरोध भैरहेको भएपनि संसदमै नारावाजी गरेर उनलाई देश निकाला गर्ने हिम्मत भने कसैले पनि गरेको थिएन । तर मंगलबार नेपाल मजदुर किसान पार्टीका सांसदहरुले संसदमा भारतीय राजदूत रञ्जित रेलाई देश निकाला गर्न माग गर्दै नाराबाजी गरे ।Prem-suwal-anuradha-thapa को हुन् साहसी सांसद ?


संसदबाटै भारतीय राजदुतलाई देश निकाला गर्न माग गर्ने सांसद हुन्, १. प्रेम सुवाल र २. अनुराधा थापा मगर सांसदहरुः प्रेम सुवाल र अनुराधा थापामगर उनीहरुले संसदमा नेपालको संविधान संशोधनमा हस्तक्षेप गर्ने भारत को हो ?, देश बिखण्डन गर्न पाइदैन, राजदूत रेलाई फिर्ता गर भन्ने नारा लगाएका थिए । मधेशवादी दलहरुले पनि संसदमा नारावाजी गरेपछि आजका लागि संसद बैठक अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस