सौतेनी आमा द्वारा २ छोराको निर्मम हत्या
सौतेनी आमा द्वारा २ छोराको निर्मम हत्या
गँगा खड्का गुल्मी
गुल्मीको हाडहाडे गा बि स वर्डा नँ ९ ढिकिचौर निवासी २५ वर्षिय शान्ता पुन ले नाबालक २ छोरा ७ बर्षको बिवेक पुन र ५ बर्षको बिक्रम पुनको हत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी अपराधीलाइ सार्वजनिक गरेको छ । मृतक २ बालककी आमा अन्यत्रै पोइल गएपछी उनका बुवाले कान्छि श्रीमतिको रुपमा शान्तालाइ मागी बिवाह गरेको र शान्ता तिर हाल ११ महिनाकी छोरी काखमा रहेकी छन् ।
प्रहरीलाइ दिएको बयानमा शान्ताले आफुले हत्या गरेको स्वीकार गर्दे बैदेशिक रोजगारको क्रममा श्रीमान् साउदी अरेबिया गएको घरमा आफु सहित स सना बच्चा भएकोले बिबेक र बिक्रमले जहातही खाने,जथाभावी ऋण लगाउने ,भनेको नमान्ने गर्दै आएकोले ३ महिनादेखी मार्ने सोच बनाएको बताएकी छन् ।घटनाको अघिल्लो दिन उनका मोबाईलको खोलमा भएको ५ सय रुपैया बिवेकले चोरी लगेर चाउचाउ खाएको आक्रोशमा बालकलाइ थप्पड हानेर भित्तामा ठोक्किन पुगी निधारमा काटेको थियो । बिवेकलाइ बासी भातमा बिष मुछेर खुवाएको र बिक्रमलाई मुखमा पानी टेप लगाइ हत्या गरेको बताएकी छन् ।
हत्या पश्चात घर पछाडीको खाली ठाउँमा पुर्याइ घरमा जडान भएको एमसी को तार करेन्ट लागेर मरेकोे जस्तो बहाना बनाइ जेठानी लाइ खबर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक रबिन्द् रेग्मीले जानकारी दिएका छन्। रेग्मीले कर्तब्यज्यानमा मुद्दा दर्ता भैसकेको बताएका छन् ।

