अमेरिकाले भन्यो – आन्दोलनमा बल प्रयोग नगर’

काठमाडौं – अमेरिकी उपराज्यमन्त्री एन्टोनी जे ब्लिंकेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार फोन गर्दै नेपालको राजनीतिक संकटबारे चासो व्यक्त गरेका छन् । अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिअनुसार उपराज्यमन्त्री ब्लिंकेनले तराई मधेसमा जारी आन्दोलनलाई नियन्त्रण गर्ने नाममा अत्यधिक बल प्रयोग नगर्न आग्रह गरेका हुन् ।


उनले सबै नेपालीको भावनालाई प्रतिनिधित्व गर्ने गरी समाधानको दिशातर्फ ठोस कदम चाल्न आग्रह गरेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस