नायिका नेहा पुन घटना सेलाउन नपाउदै पोखरामा फेरी अर्को एक महिलाको हत्या !
पोखरा, कास्कीको लेखनाथ नगरपालिकको बेगनासतालमा एक विदेशी महिलाको शव फेला परेको छ । आज तालमा अपरिचित विदेशी महिलाको शव तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ३०÷३१ वर्ष उमेरकी ती महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

