कुन उमेरका महिलाहरु सबैभन्दा सेक्सी देखिन्छन् ?थाहा पाई राखौ

एजेन्सी। जुनसुकै उमरेका महिला भएपनि आफ्नो शरिरप्रति केही न केही गुनासो गरिरहने बानि हुनेगर्छ । यद्यपि पछिल्लो एक सर्वेक्षणले महिलाहरु आफुलाई २८ वर्षको उमेरमा सबैभन्दा सेक्सी देखिने बताएका छन् ।बेलायतको महिलाहरुको स्वास्थ्य सम्वन्धि उत्पादन गर्ने एउटा कम्पनीले गरेको शोधमा सो कुरा पत्ता लागेको हो ।


त्यस सोधमा संलग्न महिलाहरुलाई सोधिएको थियो कि उनीहरुलाई महिला हुनुमा कस्तो लाग्छ ? अनुसन्धानको नतिजा डेली मेल पत्रिकामा छापिएको छ ।यसमा उल्लेख छ कि २८ वर्षको उमेरमा प्राय महिलाहरु आफ्नो फिगर देखेर सबैभन्दा सन्तुष्ट र खुशी हुन्छन् । र, ३२ वर्षको उमेरमा महिलाको आत्मविश्वास एकदमै चरम सिमामा पुग्ने गर्दछ ।

त्यसको कारण हो, परिवार र मित्रहरुले उनीप्रति गरेको सहयोग । यो अध्ययनमा २ हजार महिलाहरु सामेल थिए, जसमा ३ चौथाइले भने कि सम्भव भएपनि उनीहरु आफ्नो शरिरको आकार बदल्ने छैनन् ।

त्यसमा २३ प्रतिशत महिलाहरुले आफ्नो आँखा, २० प्रतिशतले स्तन तथा १३ प्रतिशतले चाहीँ आफ्नो दिमाग शरिरको सबैभन्दा सुन्दर अंग बताए । यसका साथै ४१ प्रतिशत महिलाहरुले चाहीँ बताए कि उनीहरु आफ्नो जाँघ सबैभन्दा सुडौल र पुष्ट होस् भन्ने चाहन्छन् ।

सर्वेक्षणबाट यो तथ्य पनि बाहिर आएको छ कि महिलाहरुलाई लुगा, पोशाक आदी लगाएर तयार हुन सबैभन्दा आनन्द आउँछ । त्यस्तै अग्लो हील जुत्ता लगाउन, मेकअप गर्न र हेयरस्टाइल बनाउदा पनि महिलाहरु उत्तिकै रमाउने गर्दछन्

प्रतिक्रिया दिनुहोस