भाइबर चलाउनेलाई खुशीको खबर, नेपाली प्रयोगकर्तालाई १० हजार बराबरको गिफ्ट

काठमाडौं, २९ चैत-
सामाजीक एप भाइबरले नेपाली नयाँबर्षलाई लक्षित गरी नेपाली प्रयोगकर्तालाई १० हजार बराबरको गिफ्ट स्टीकर उपलब्ध गराउन थालेको छ । ७ अप्रिलदेखि लागू हुनेगरी भाइबरले नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै १० हजार बराबरको आफ्ना ५० वटा भन्दा बढी स्टिकर प्याकहरु १० दिनको लागि निःशुल्क उपलब्ध गराएको हो ।

नेपालमा पछिल्लोपटक भाइबरका प्रयोगकर्ताहरु तिव्ररुपमा बढिरहेका छन् र बजार विस्तारमा थप सहज बनाउन भाइबरले यस्तो अफर ल्याएको हो ।
भाइबरले नेपाली नयाँबर्षको अवसरमा भनेको छ ‘हामी नेपालीलाई नयाँ वर्ष २०७३ को हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं । यस अवसलाई अझै उत्सवमय बनाउन हामीले प्रयोगकर्ताहरुका लागि स्टिकरहरु फ्रीमा उपलब्ध गराउँदैछौ ।’
– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस