७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प/७७ जनाको मृत्यु

बैशख ५, एजेन्सी ।

दक्षिण अमेरिकी राष्ट्र इक्वेडरमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तिमा ७७ जनाको मृत्यु भएको छ । ५ सय बढी घाइते भएका छन । नेपाली समय अनुसार आज

विहान ७ दशमलव ८ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भु–सर्वेक्षणलाई उद्यृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । भूकम्प पश्चात सरकारले ६ वटा राज्यमा संकटकालिन अबस्था घोषणा गरेको इक्वेडरका उप–राष्ट्रपति जर्ज ग्लासलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । राजधानी क्वेटोवाट १ सय ६० किलोमिटरको दुरीमा रहेको मुइस्नी शहरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पपछि ३ सय किलोमिटर क्षेत्र आसपासमा सुनामीको संभावना रहेकाले सचेत रहन सरकारले आग्रह गरेको छ । भूकम्पले तटीय क्षेत्रको भवन बढी प्रभावित भएका छन् । मान्टा शहरस्थित विमानस्थलको टावर समेत भत्किएको छ । भूकम्पका कारण टेलिफोन सेवा समेत अवरुद्व भएको छ । मुख्य शहरका भवनमा पनि क्षति पुगेको बताइएको छ । यता, जापानमा शुक्रवार र शनिवार लगातार गएको भूकम्पका कारण हजारौं घाइते भएका छन् भने ४० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस