२०७३ साल कुन राशीलाई कस्तो ? (हेर्नुस् वर्षभरीको राशीफल) !!

ज्योतिष डा. सुनील सिटौला
आजदेखि नयाँ वर्ष सुरु भएको छ । तपाईको जीवनमा २०७३ साल कस्तो होला ?
हेर्नुस् तपाईको भाग्य देखाउने राशीफलः
मेष:- तपाईँको यस वर्ष २०७३ सालमा परिवारमा सुख शान्ति मिल्नेछ। तर फाल्गुन ५ सम्म अढेया शनिका प्रभावले गर्दा शारीरिक सबलतामा न्यूनता मानसिक शान्ति खलल हुनेछ। अनावश्यक यात्रा गर्नुपर्नेछ। आँटेको कामहरु, विस्तारै पूरा हुँदै जानेछन्। नोकरीबाट प्रंशसित भइनेछ। कृषिजन्य कार्यले जीवनस्तर सुधार्ने छ। राजनैतिक गतिविधिले सहयोग पुर्याउनेछ। पशु–पालनको कारोबार उच्चस्तरको रहनेछ। वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी हुनेछ।
बौद्धिकस्तरको मूल्याङ्कन सबैबाट हुनेछ। पठनपाठनमा उल्लेख्य उपलब्धी हुनेछ। भूमि वहानादिबाट सोचेभन्दा बढी आम्दानी हुनेछ। धार्मिक कार्यतिर रुचि बढ्नेछ। बोलीचालीमा सावधान अपनाउनु आवश्यक छ।
वृष :- तपाईँको २०७३ साल मध्यम रहेको छ। धार्मिक कृत्यप्रतिको बढ्दो चाहनाले सोचे झैं सफलता प्राप्त हुनेछ। तपाईँको आर्थिक दृष्टिले यस वर्ष उत्तम रहेको छ। स्व–रोजगार लगायत विभिन्न प्रकारको व्यापारिक कार्यले लाभान्वित बनाउँदै लैजानेछ। कृषिजन्य कार्यले र पशुचौपाय व्यवसायबाट आर्थिक स्थिति मजबुत रहनेछ। इष्टमित्रहरु आफूप्रति आकर्षित हुनेछन्। मुद्धामामिलामा आफ्नै पक्ष बढी सुदृढ हुनेछ। अध्ययन अध्यापनमा विशेष प्रगति हुनेछ।
राहु ग्रहको कारण नोकरीमा खटपट पर्न सक्छ। बेलाबेलामा घरपरिवारमा मच्चिने आन्तरिक कलहले मानसिक सन्तुलन स्थिर नहोला। राजनैतिक क्षेत्रबाट अपजस पाइनेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ। गुमेको धन हात लाग्नुका साथै आकस्मिक धन समेत लाभ हुनेछ।
मिथुन:- तपाईँको वर्ष २०७३ आर्थिक दृष्टि मध्यम खालको रहेको छ। अचल सम्पत्तिको क्रयविक्रयमा बढी सक्रिवय हुने अवसरले भूमिलाभ गराउने छ। कहिलेकाहीँ घरपरिवारमा झै–झगडा पर्न सक्नेछ। स्वरोजगारले जीवन प्रबद्र्धनमा मद्दत पु¥याउनेछ। विदेश भ्रमण गर्ने अवसर प्राप्त हुनेछ। नोकरीबाट अपजस खप्नु पर्नेछ। पशुपालन व्यवसायले मध्यम फल दिनेछ। राजनैतिक स्थितिले लाभान्वित बनाउला। सामाजिक क्षेत्रमा विशेष योगदान गर्न सकिने छ।
नयाँ कार्यको सोच आए पनि पूर्णतामा असमर्थ भइनेछ। अध्ययन अध्यापनप्रति झुकाव रहे पनि सफलता कमै मात्रामा पाइनेछ। परिवारको स्वास्थ्यमा समस्या उत्पन्न हुनेछ। धार्मिक क्षेत्रको बढी यात्रा हुनेछ। धार्मिक क्षेत्रको बढी यात्रा हुनेछ। घर निर्माण र वाहन प्राप्तिको योग रहेको छ।
कर्कट:- २०७३ मिश्रित फलदायी वर्ष रहेको छ। व्यापार व्यवसायमा केही मात्रामा हानिनोक्सानी हुनेछ। पठनपाठनमा अनेकौं अवरोधहरुले गर्दा सफलता हुन गाह्रो पर्नेछ। नोकरीबाट अपजस पाइनेछ। खेतीपातीबाट मध्यम भए पनि पशुपालन व्यवसायले समुचित उपलब्धी हुनेछ। सामाजिक कार्यबाट उचित सम्मान पाइनेछ।
वैदेशिक रोजगारको अवसरले आर्थिक उन्नतिमा टेवा पुर्याउनेछ। धार्मिक अभिरुचिले मानसिक अशान्ति हटाउनमा मद्दत गर्नेछ। फाल्गुन देखी शनि लाग्लाने कुरा काट्ने काममा तगारो हाल्नेको संख्या बढ्नेछ। नातादार सँगको लेनदेन कारोबारले मनमुटाव ल्याउनेछ। वहानादिबाट सोचेभन्दा बढी आम्दानी हुनेछ।
सिंह:- तपाईँको २०७३ शनि ग्रहले गर्दा उत्तराद्र्ध राम्रो रहेको छ। फाल्गुन सम्म व्यापारबाट सोचेझैं सफलता पाइने छैन। सवारीसाधनबाट सावधान रहनु अत्यावश्यक छ। सामान्य चोटपटक देखि दैवीय संकट पर्ने सम्भावना देखिन्छ। मानप्रतिष्ठामा आँच आउनेछ। अध्ययन अध्यापनमा जोश जाँगर हराएर जानेछ। तर गुरुको कृपाले राजनैतिक गतिविधिले समाजमा निकै रवाफ बढाउनेछ। नोकरी र मजदुरीको कार्यले मानिसक शान्तिमा अभिवृद्धि हुनेछ। घरपरिवारको सहानुभूति प्रयाप्त पाइनेछ। धर्मकर्म प्रतिको रुचिले प्रशस्त सन्तुष्टि दिनेछ। कृषिजन्य कार्यले जीवनयापनमा सरलता ल्याउनेछ। पशु–पालन व्यवसायले उचित लाभको अनुभूति गराउनेछ। सामाजिक क्षेत्रबाट सुख सन्तोष मिल्नेछ।
कन्या:- तपाईँको २०७३ मध्यम फलदायी रहेको छ। अध्ययन अध्यायपनमा जाँगर बढ्नेछ। झुटो आरोप र विवादको सामना गर्नुपर्नेछ । आँटेका कार्यहरु अधुरै नै रहनेछ। सामाजिक क्षेत्रमा लाग्दा अपजस पाइनेछ। भाग्य प्राप्तिको अवसरले व्यवहारिक बनाउनेछ । व्यापार व्यवसायले सफलता दिलाउने छ। वैदेशिककार्यबाट राम्रो आम्दानी हुनेछ। धार्मिक चाहनाले तीर्थयात्रा गर्ने अवसर मिल्नेछ।
कृषिकार्य