दोलखामा अचम्मको घटना ! आकाशमा धुवाको मुस्लो, घाम पनि लागेन, स्थानीय भन्छन् अनर्थ भो !
वैशाख २, २०७३- जैविक, प्राकृतिक सम्पत्तिको भण्डार ठानिने दोलखाको उत्तरतर्फको आकास धुवाँको मुस्लोले भरिएको छ ।
गौरीशंकर संरक्षण क्षेत्रले काम गरिरहेको इलाकाहरुको जंगल डढेर आकास ढाक्दा उत्तरका वस्तीहरुमा घाम लाग्न सकेको छैन् । एक वस्तीबाट अर्को वस्ती देख्न धुवाँ र हुस्सुले छेक्छ । आगोका लप्काहरु संरक्षण क्षेत्रको अत्यन्तै महत्वपूर्ण मानिने गौरीशंकर आसपासका कयैन जंगलहरुमा देखिएको स्थानीयहरु बताउँछन् ।
संरक्षण क्षेत्र दोलखाको ८ गाविसमा फैलिएको छ । त्यो मध्ये उत्तरका केही जंगलहरुमा डढेलो लागेको संरक्षण क्षेत्रले जनाएको छ । डढेलोले यस क्षेत्रभित्र रहेका २३५ थरीका चराचुरुङ्गी र कयैन महत्वपूर्ण भूमी र जलचर जनवारहरुको बासमा असर गरिरहेको छ । संरक्षण क्षेत्र प्रमुख सत्यनारायण शाहका अनुसार कतिपय भवितव्य र कतिपय नियतबस जंगलमा आगजनी भैहरको छ ।
खारे गाविसलगायतको क्षेत्रमा सल्किएको डढेलो नियन्त्रणमा सकारी निकायको सहयोग मागेको उनले बताए । उनले भने, 'संरक्षण क्षेत्रसँग जनशक्ति र उपकरण दुवै अभावले आगो नियन्त्रणमा आक्रमक कदम चाल्न मुस्किल छ ।'
संरक्षण क्षेत्र मात्र हैन, डढेलोले राष्ट्रिय बन, सामुदायिक बन र कवुलियती बनहरु खरानी भैरहेका छन् । बन संरक्षण अधिकारीहरुको भनाईमा कतिपय जंगलहरुमा लागेको आगो नियन्त्रण भैसकेको छ । अझै कयौ सानातिना आगोले जंगल डढिरहेको अधिकारीहरु स्वीकार्छन् । जिल्ला बन कार्यालयले सेनाको साहयातामा जुगु र झ्याकू गाविसका जंगलहरुको आगो नियन्त्रणमा लिएको बताएको छ । बन अधिकृत चन्द्र थापाका अनुसार करिब ७ वटा सामुदायिक बन र ३ वटा कबुलियती बन डढिरहेको एकिन कार्यालयले गरेको छ । कयौं ठाउँमा लागेको सानातिना डढेलोलाई स्थानीय उपभोक्ताहरुले नियन्त्रणमा लिएको बन अधिकृत थापाले बताए । भीरपाखामा भएको डढेलो नियन्त्रणमा भने निकै कठिन भैरहेको छ । डढेलोले जंगली जनावारमा पुगेको क्षेती एकिन नभए पनि केही घरपालुवा पशुहरु मरेका छन् ।

