अनुहारको दाग हटाउन र चमक ल्याउन आलुको फेसप्याक बनाउने तरिका
हामीले केमिकलयुक्त सौन्दर्य सामाग्री नबुझिकन प्रयोग गर्दा विभिन्न समस्या देखिएको हुन्छ । कतिपयले नबुझिकन सुन्तर देखिने आशामा अनुहारमा जुन सामाग्री पनि प्रयोग गर्ने गर्छन् । तर यसले झन् कुरुपता पैदा गर्दछ । अनुहारमा देखिएको दाग, आँखा वरिपरीको कालो धब्वालाई घरेलु सामाग्रीले नै हटाउन सकिन्छ । आलुको रसले डार्क सर्कल कम गर्न र आँखाको आसपास सुन्निने समस्यालाई कम गर्छ । छालामा चमक ल्याउन र दाग धब्बा हटाउन पनि यसको प्रयोग गरिन्छ ।
आलुको टिस्यु फेसप्याक
आलुको रसले टिस्यु पेपर भिजाउनुस् र अनुहारमा लगाउनुस् । करिब २० मिनेटपछि धुनुपर्छ । तर यो टिस्यु पेपरलाई आँखा या नाकको आसपास लगाउनबाट बच्नुपर्छ । यो उपायलाई सातामा दुई या तीनपटक अपनाउनुपर्छ । चाँडै नै छालामा निखार आउनेछ ।
आलु र अण्डाको फेसप्याक
आधा आलुको रसमा एक अण्डाको सेतो भाग मिसाउनुस् र अनुहार र गर्धनमा लगाउनुस् । २० मिनेटपछि धुनाले चमक दिन्छ ।
आलु र बेसारको फेसप्याक
आलु र बेसारको फेसप्याक नियमित उपयोग गर्नाले छालाको टोन र रंग हल्का हुन्छ । आधालाई स–साना टुक्रा बनाएर एक चिम्टी बेसार मिसाउनुस् र यसलाई अनुहार र गर्धनमा लगाउनुस् । आधा घण्टापछि यसलाई सफा गर्नुपर्छ ।
आलु र मुल्तानी माटोको फेसप्याक
यो फेस प्याकले छालामा निखार ल्याउनुका साथै रंगलाई पनि चम्किलो बनाउँछ । साथै, डण्डीफोर भएको छाला सुन्निने कम गर्न सहयोगी हुन्छ । यो फेस प्याक बनाउन नतासेको आधा आलुको पेस्ट बनाउनुस् । यसमा ३–४ चम्चा मुल्तानी माटो र केही थोपा गुलाब जल मिसाउनुस् । यो पेस्टलाई अनुहार र गर्धनमा लगाउनुस् र ३० मिनेटमा धुनुस् ।
आलु र दूधको फेसप्याक
आधा आलु तासेर त्यसबाट रस निकाल्नुस् र यसमा दुई चम्चा काचो दुध मिसाउनुस् । यसलाई राम्रोसंग मिसाएर अनुहार र गर्धनमा प्युरीको मद्धतले लगाउनुस् । त्यसलाई २० मिनेटपछि धुनुस् । एक सातामा तीनपटक प्रयोग गर्नाले अनुहारमा निखारता आउछ ।

