मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका कार्यकर्ता चढेको बस दुर्घटना ३५ घाइते -
राजविराज, २० वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनपुर नगपालिका–५ मा अपरान्ह बस पल्टिँदा ३५ जना घाइते भएका छन् । घाइतमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ ।
कैलालीको धनगढीबाट विराटनगरतर्फ जाँदै गरेको ना४ख ९७४७ नंको बस विपरीत दिशाबाट आइरहेको साइकलयात्रीलाई बचाउन खोज्दा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
दुर्घटनामा ३१ महिला र चार पुरुष गरी ३५ जना घाइते छन् । घाइतेहरुको विराटनगरस्थित न्यूरो अस्पताल र गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको अधिवेशनमा सहभागी हुन कैलालीको धनगढीबाट विराटनगरतर्फ गइरहेका कार्यकर्ता चढेको बस

