१५ जेठ, काठमाडौं ।
कोपा अमेरिका अघि खेलिएको मैत्रीपूर्ण खेलका क्रममा अर्जेन्टिनी स्टार लियोनेल मेसी घाइते भएका छन् । आज बिहान भएको खेलमा होन्डुरसविरुद्धको खेलका क्रममा मेसी घाइते भएका हुन् ।messi
होन्डुरसविरुद्ध गोन्जालो हिगुइनको गोलमा अर्जेन्टिना विजयी भए पनि कोपा अमेरिकाको मुखैमा उनी ढाड मुनी चोट लागेपछि घाइते हुन पुगेका हुन् । उनी घाइते भएपछि कोपा अमेरिका खेल्न सक्नेबारे आशंका व्यक्त गरिएको छ ।
२ अर्ब ३५ करोडको लागि आज रोचक फाइनल भिडन्त
जुन ४ देखि कोपा अमेरिका फुटबल सुरु हुँदैछ । कोपाको सय वर्ष भएको अवसरमा एक वर्ष दुई वटा कोपा अमेरिका हुन लागेको हो । यसपटक उत्तर अमेरिका पनि सहभागी हुँदैछ । पहिलो खेल नै अमेरिका र कोलम्बियाबीच हुनेछ ।
झण्डै एक वर्ष भएको कोपा फाइनलमा अर्जेन्टिना पेनाल्टी सुटआउटमा चिलीसँग पराजित भएको थियो । यसपटक पहिलो खेलमा अर्जेन्टिनाले चिलीविरुद्ध नै जुन सातमा खेल्नेछ । तर, झण्डै ९ दिनपछि हुने यो खेलमा मेसीले खेल्न सक्नेमा आशंका गरिएको छ ।
विश्वकप फुटबलमा पनि अर्जेन्टिना खेलको अन्तिम समयतिर गोल खाँदै जर्मनबाट पराजित हुँदै विश्वकपबाट विमुख भएको थियो ।

