Amazing,
Bichitra
»
धादिंगको कटुञ्जेमा नागहरु भकाभक मर्न थाले, गम्भीर अनिष्ट हुन लागेको भन्दै स्थानीयको रुवाबासी !
धादिंगको कटुञ्जेमा नागहरु भकाभक मर्न थाले, गम्भीर अनिष्ट हुन लागेको भन्दै स्थानीयको रुवाबासी !
अस्मिता खतिवडा /१९ बैशाख, धादिङ- धादिङको कटुञ्जे गाऊँ विकास समिती वडा नंबर ५ स्थित कटुञ्जेबजारबासीले पानी खाने धारामा नाग देवताको रुपमा मान्दै आएका सर्पहरु सबै भका भक मर्न थालेका छन् ।
काउलीवास धारा नजिकै एक सय भन्दा धेरै नाग देवताको रुपमा मान्दै आएका सर्पहरु मरेका छन् । रातो रंगको र पुच्छर बोधो भएका ति सर्पहरु कहिलेकाहि सो पानीको मुहान वरपर फोहोर हुदा निस्कने गरेको स्थानीयहरुले बताएका छन् तर अहिले एकै स्थानमा यतिका धेरै सर्पहरु मर्दा उनिहरु केही हुन पो लागेको हो की भन्दै चिन्तामा परेका छन् ।