Health
»
सावधान ! अब कण्डम नलगाएर यौनसम्पर्क गरे लाग्नेछ यो खतरनाक रोग
सावधान ! अब कण्डम नलगाएर यौनसम्पर्क गरे लाग्नेछ यो खतरनाक रोग
एजेन्सी । सामान्यता सन्तान जन्माउनका लागि पुरुष र महिलाले यौनसम्पर्क राख्ने गर्छन् । त्यसबाहेक आजकलका

केटाकेटीले विहे नगरेरै यौनसम्पर्क गर्ने गरेका छन् । तर, भर्खरै पत्ता लागेको एक खतरनाक रोगको मुख्य कारण यौनसम्पर्क नै भेटिएको छ । यो रोगको भाइरस शरीरमा प्रवेश गरे जीवनभर बच्चा नहुने र भइहाले पनि तुरुन्तै मृत्यु हुने देखिएको छ । यसको नाम हो जिका भाइरस । यसलाई सुरुमा लामखुट्टेको टोकाइबाट सर्ने भनिएपनि लामो समयसम्म गरिएको अध्ययनबाट यौनसम्पर्कबाट तुरुन्तै सरेको पाइएको हो । अमेरिकाको टेक्सस राज्यका स्वास्थ्य अधिकारीहरुले मंगलबार एकजना महिला बिरामीमा सम्भोगका कारण जिका भाइरस सरेको देखिएको बताएका छन् । डलास काउन्टी हेल्थ एण्ड ह्युमन सर्भिस डिर्पाटमेन्टका अनुसार भेनुजुयलाबाट आएका एक पुरुषसँग यौनसम्पर्क राखेपछि ती बिरामीमा जिका भाइरस सरेको देखिएको हो । सम्भोगका कारण पनि जिका भाइरस सरेको भेटिएपछि यसले रोग नियन्त्रणमा थप जटिलता थपेको चिकित्सकहरुले बताएका छन् । डाक्टर विलियम स्याटनरले भने– ‘यसले जिका रोकथाममा नयाँ कुरा बाहिर ल्याइदिएको छ ।’ सम्भोगबाट पनि जिका भाइरस सरेको भेटिएपछि स्वास्थ्य अधिकारीहरुले लामखुट्टेबाट बच्नुका साथै सुरक्षित यौनसम्पर्क गर्न मानिसहरुलाई सुझाव दिएका छन् । उनीहरुले गर्भवती महिलालाई पुरुष शुक्राणुको सम्पर्कमा नआउन पनि सुझाव दिएका छन् । अघिल्लो हप्ता बेलायतका अधिकारीहरुले जिका फैलिरहेका देशबाट फर्केका पुरुषले शारीरिक सम्पर्कका बेला अनिवार्य रुपमा कन्डम प्रयोग गर्न सुझाव दिएका थिए । अमेरिकाको रेडक्रसले जिका फैलिरहेका देशबाट फर्केका मानिसलाई २८ दिनसम्म रक्तदान नगर्न भनेको छ । यो रोग लागेमा ज्वरो आउने लगायतका लक्षण देखिन्छन् । क्यारेबियन र ल्याटिनी अमेरिकी देशमा जिकाको संक्रमण बढीरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो रोगको भाइरस तीव्र रुपमा विश्वभर फैलिएपछि धेरै देशमा उच्च सतर्कता अपनाइएको छ । साथै दम्पत्तिहरुमा त्रास पनि बढेको छ !!