सानो आङकाजी भने पनि भन, प्रवासी भने पनि भन । जे भन्न मन लाग्छ त्यही भन । तर बिदेश बसेर नभुक चाहिं नभन । यदि भन्छौ भने तिमीसँग मेरा यी प्रश्नहरुको जवाफ हुनुपर्छ,जो म चाहन्छु ।
तिमीले अथवा तिम्रो बाउले मलाई जागिर दिन्छ भने म तीन दिनभित्र नेपाल फर्किन्छु । दुई बर्षको हाराहारीमा मैले दुखसुख गरि दुई लाख पच्चीस हजार सामाजिक कार्यको लागि खर्चिएछु । एक लाख सत्तरी हजार जति सार्वजनिक सहयोगको रुपमा सार्वजनिक भएको छ । बाँकी चाहि सार्वजनिक हुन नचाहने पीडितहरुका लागि खर्चिएकी रहेछु । जस्तै बिदेशमा फसेका दिदीबहिनीहरु कतिलाई सटक सुटुक नेपाल फर्काइने क्रममा खर्चिएँ । मैले यसरी खर्चिएको रकम बिदेश बसेर नभुक भन्नेले बेहोर्नुपर्दछ । कतै भुकम्प पीडित त, कतै बेचिएकी चेलि, कतै जिब्रो सुनिएको नानी त, कतै अनाथलयमा यो हातले खल्तिबाट झिकेर दिएको त इत्तरका कुरा भयो । यो पनि हामीलाई बिदेश बसेर नभुक भन्नेले बेहोर्नुपर्छ ।
म सामान्य परिवारकी छोरी हुँ । वास्तवमा मेरी आमाको अरुका जति धेरै र ठूला सपनाहरु छैनन् । तर उहाँका सामान्य लाग्ने इच्छाहरु समेत पूरा गर्न सकेकीे छैन । कुन छोराछोरीलाई रहर हुदैन आफ्नी आमालाई खुसी दिने ? तर मेरी आमाले एकपटक छोरी म सुन लाउछु, यति पैसा पठाइदेउन भन्दा आमा, मान्छे एक छाक खान नपाएर बिजोग छ, सुन पछि लाउला नि आमा भन्दै समाजको आँसु पुछ्न तिर लागेकी छोरी मै हूँ । अब मेरी
प्रवासको तातो घाम, छुच्चो साहुको गाली, कहिलेकाही झगडा पर्छ, दुःख लाग्छ र भाग्न मन लाग्छ । म भाग्दा भाग्दै कुनै समस्या जन्मे बिदेश बसेर नभुक भन्नेले मेरो समस्याको समाधान गर्नुपर्छ ।
म आफुजस्तो अवस्थामा भए पनि बेचिएकी दलालको प्रलोभनमा फसेकीहरु धेरैलाई साथ दिने क्रममा दलालको समर्थकहरुसंग कयौं पटक मुखामुख भएको छ । कयौं धम्कीहरु सुनेकी छु । यस्ता दलालहरु निमिट्यान्न पार्ने दायित्व पनि तिमी हामीलाई नभुक भन्नेहरुले लिनुपर्छ ।
मेरा यी प्रश्नहरुको जवाफ दिने हुति तिमीसँग छैन भने बरु भुक्न छोड्ने पालो तिम्रो हो । किन कि हामी साठी लाख नेपालीले मान्छे बन्न घर छोडेका हौं, प्रवासी वा विदेशी नागरिक बन्न होईन । संधै हाम्रो जीवन खाडीमै बित्छ भन्ने छैन । बाँचे प्लेन चढेर फर्कन्छौं,मरे बाकसमै भए पनि नेपाल नै फर्कन्छौं । सकि नसकी,खाइ नखाई भएको केही वचत रेमिट्यान्सका रुपमा नेपालमै पठाउँछौं । देशको अर्थतन्त्रमा अप्रत्यक्ष र झिनो नै सही,योगदान पुर्याउँन पाएकी छु । यसमा गर्व गर्छौ ।
हलो जोत्न नसकेर काठ्माडौ छिर्नु र काठमाडौ छोडेर बिदेश छिर्नुमा आकाश र पातलको फरक छ । बिदेश बसेर नभुक भन्न जति सजिलो छ,शायद मेरा यी शब्दहरु पचाउँन तिमीलाई त्यति नै गाह्रो छ !
हामी साठी लाख नेपालीले मान्छे बन्न घर छोडेका हौं, प्रवासी वा विदेशी नागरिक बन्न होईन । संधै हाम्रो जीवन खाडीमै बित्छ भन्ने छैन । बाँचे प्लेन चढेर फर्कन्छौं,मरे बाकसमै भए पनि नेपाल नै फर्कन्छौं ।

