विदेशबाट परिवार साथीभाइलाई मोबाइल लादै हुनुहुन्छ? तर यी प्रक्रिया पुरा नगरी चल्दैन नि मोबाइल! आफुपनि सिकौ अरुलाई पनि जानकारी दिउ

विदेशबाट आउँदै गरेका परिवारका सदस्य वा साथीभाइलाई नेपालमा भएकाहरुले गिफ्टको आशा गर्नु सामान्य नै भयो। तीमध्ये केहीले मोबाइल माग्छन्। हुनत अहिले सजिलो पनि हो, विदेशबाट मोबाइल मगायो, यहाँ बजारमा किन्नेभन्दा सस्तो भइहाल्छ। नेपालमा ल्यायो, यताको सिम राख्यो- चलायो।


तर पख्नुस्, अब यति सजिलो हुनेछैन विदेशबाट ल्याउने मोबाइल चलाउन। मोबाइल फोनहरुबारे नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख १ गतेदेखि नयाँ नियम लागू गरिसक्यो। प्राधिकरण भनेको टेलिफोन, मोबाइल, इन्टरनेटलगायतका सेवा नियमन गर्ने निकाय हो। यसले नेपाल टेलिकम, एनसेल, युटिएल आदि मोबाइल सेवा दिनेदेखि आइएसपीसम्मलाई निर्देशन दिने काम गर्छ। नयाँ नियम अनुसार तपाईँले विदेशबाट ल्याएको मोबाइल के हुन्छ त?

तपाईँले त्यसरी विदेशबाट ल्याएको मोबाइल नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता गर्नुपर्ने हुन्छ। यसका लागि प्राधिकरण मै जाने कि अरु केही उपाय अपनाउने भन्ने बारे रहेको अन्यौललाई प्राधिकरणले हटाएको छ। अब इमेल गरी सजिलै दर्ता गर्न सकिनेछ। कुन इमेलमा कस्तो फाराम भर्ने त?

यस्तो हुन्छ फाराम:





फारामका साथ तपाईँले नागरिकता वा पासपोर्टको नक्कल पनि बुझाउनु पर्नेछ। फारामeir@nta.gov.np इमेलमा पठाए हुन्छ। IMEI नम्बर थाहा पाउन *#06# मोबाइलमा डायल गर्नुपर्छ।

यस्तो छ प्राधिकरणको पछिल्लो सूचना

व्यक्तिगत प्रयोजनको लागि आयात हुने मोबाइल सेटको IMEI/ESN/MEID दर्ता गर्ने बारे को सूचना

मोबाइल ह्याण्डसेटको प्रयोग तथा बिक्रि वितरणलाई थप व्यवस्थित तथा नियमित गर्ने सम्वन्धमा यस प्राधिकरणबाट मिति २०७३|१|१ देखि लागू हुनेगरी मोबाइल ह्याण्डसेटको पहिचान हुने नम्बर IMEI/ESN/MEID (Unique Identifier) अनिवार्य रुपमा दर्ता गर्नुपर्ने गरी व्यवस्था मिलाइएको छ | सर्वसाधारणले व्यक्तिगत प्रयोजनको लागि विदेशबाट आयात गरिने मोबाइल ह्याण्डसेटको IMEI/ESN/MEIDदर्ता गर्ने सम्वन्धमा देहाय बमोजिम जानकारीका लागि यो सूचना प्रकाशित गरी स्पष्ट गरिएको छ |
देहाय:
१. व्यक्तिगत प्रयोजनको लागि विदेशबाट मोबाइल ह्याण्डसेट आयात गर्दा प्राधिकरणबाट लागू गरिएको NEIR सम्वन्धी अन्तरिमनिर्देशिकाकोAnnex-2 बमोजिमको ढाँचामा निवेदन र नागरिकता वा अन्य कुनै परिचयपत्रको प्रतिलिपी यस प्राधिकरणमा पेश गरी मोबाइल ह्याण्डसेटको IMEI/ESN/MEIDदर्ता गर्न सकिने छ |
२. उक्त अन्तरिम निर्देशिका तथा निवेदनको ढाँचा प्राधिकरणको वेबसाइट http:/www.nta.gov.np मा उपलव्ध छ |
३. सर्वसाधारणहरुको सहजताको लागि आवेदकले मोबाइल ह्याण्डसेटको IMEI/ESN/MEIDदर्ता गर्न आवेदन फारम भरी प्राधिकरणको इमेल ठेगानाeir@nta.gov.np मा पनि पठाई दर्ता गर्न सकिने व्यवस्था समेत मिलाइएको छ |
निवेदनको ढांचाहरु:
Format of Application to Register IMEI/ESN/IMEI 2.docx
Format request to track/block the mobile handset3.docx
नेपाल दूरसञ्चार प्राधिकरण
श्रीकुञ्ज भवन कमलादी, काठमाडौं
फोन नं: ४२५५४७४
फयाक्स : ४२५५२५०
पो.ब.न: ९७५४
email: eir@nta.gov.np
- See more at: http://www.zoomnp.com/archives/30833#sthash.SWTSx4ox.dpu

प्रतिक्रिया दिनुहोस