दरबार हत्याकाण्डमा संग्लग्न व्यक्तित्वहरुको गुगल ब्वाईले यसरि नाम लिन थालेपछि.....!

नेपालको इतिहासमा कालो दिनका रुपमा सम्झने गरिन्छ । जेठ १९ गते मध्यरातमा भएको अकल्पनीय हत्याकाण्डमा तात्कालीन राजा वीरेन्द्र, एश्वेर्य, युवराज दीपेन्द्रसहित राजपरिवारका १० सदस्यले ज्यान गुमाएका थिए ।





हत्याकाण्डलगत्तै तात्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले घटनामा आफैं ज्यान गुमाएका तात्कालीन युवराज दीपेन्द्रको हात रहेको उल्लेख गरेको थियो । उक्त प्रतिवेदनको सत्यताप्रति केहि राजनीतिक दल बाहेक जनता र प्रमुख राजनीतिक दल र नेताहरुले विस्वास गरेका छैनन् ।

राजा वीरेन्द्रको वंशनाश भएको घटनाको १४ वर्ष बित्दासमेत हत्याकाण्डबारे पत्यार लाग्दो थप सत्य बाहिर आउन सकेको छैन।राजसंस्थाको विरुद्धमा शसस्त्र यूद्धमा होमीएको तत्कालीन नेकपा माओबादीले भने हत्याकाण्डमा राजा विरेन्द्रको माइला भाई ज्ञानेन्द्र र पारस शाहको प्रत्यक्ष संलग्नता रहेको दावी गरेको थियो ।

हत्याकाण्डगत्तै राजगद्धीमा बस्न सफल भएका ज्ञानेन्द्रले ०६२ ०६३ को संयुक्त जनआन्दोलनको सफलतापछि भएको संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरेलगत्तै दरवार छोडेका थिए ।दण्डहीनताको मुख्य केन्द्र राजदरवार रहेको बताउने एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनमार्फत पहिलो ठूलो दलका रुपमा स्थापित भएर दुई पटकसम्म सरकारको नेतृत्व गरेपछि पनि दरवार हत्याकाण्डको स्वतन्त्र छानविन गर्न भने सकेको पाइएको छैन ।


माओवादीले हत्याकाण्डलगत्तै परम्परागत राजतन्त्रको विधिवत अन्त्य भएको निष्कर्ष निकाल्दै गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्ने बताएको थियो । कतिपय राजनीतिक विश्लेषकहरुले २ सय ३६ वर्षसम्म एकछत्र राज गरेको राजतन्त्र अन्त्य हुनुमा दरवार हत्याकाण्ड प्रमुख कारण रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस