एनसेलको टावरमा आक्रमण
लमजुङ, २८ जेठ । जिल्लाको हिलेटक्सार गाविस माझगाउँस्थित एनसेलको टावरमा अज्ञात समूहले आक्रमण गरी टावरलाई क्षति पु¥याएको छ ।
आज दिउँसो ३ बजेतिर पाँच÷सातजनाको अपरिचित युवाको समूहले टावरमा आगजनी गर्नुुका साथै टावरनजिकै रहेको सानो घर र त्यहाँ रहेको जेनेरेटर पूर्णरुपमा क्षति बनाएको भएको प्रहरी नायब उपरीक्षक समिरचन्द्र पोखरेलले जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।