गाउँले र प्रहरीबीच यसरी झडप हुँदा भारतमा २ प्रहरी सहित २४ जनाको मृत्यु हेर्नुस भिडियो सहित

नयाँ दिल्ली, २१ जेठ । उत्तरी भारतको मथुराक्षेत्रमा बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म गैरकानुनीरुपमा सरकारी जग्गा नियन्त्रण गरी बसेका स्थानीय केही गाउँले र प्रहरीबीच झडप हुँदा मृत्यु हुनेको संख्या शुक्रबार अपरान्हसम्म २४ पुगेको छ ।
 घटनामा एक प्रहरी उपरिक्षक र अन्य एक प्रहरी अधिकृतको पनि ज्यान गएको छ । प्रहरीले घटनास्थलबाट ठूलो संख्यामा हतियार बरामद गर्नुका साथै करीब ३२० जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस