फेरि एनसेलको टावर हान्न पुगेका माओवादी नेता बमसहित पक्राउ परको छन पूरा समाचार

धरानः एनसेलको टावर हान्न पुगेका विप्लव माओवादीका एक कार्यकर्तालाई प्रहरीले दुईवटा बमसहित पक्राउ गरेको छ ।

धरानको पटनालीमा रहेको एनसेलको रिपिटर टावरमा पेट्रोल बलमे आक्रमण गर्न लागेको अवस्थामा इलाका प्रहरी कार्यालयको टोलीले विप्लव माओवादीका धरान नगर कमिटि अध्यक्ष सुरज राईलाई २ वटा पेट्रोल बमसहित पक्राउ गरेको हो ।


टावरमा बम हान्ने पूर्वसूचनामा पाएपछि त्यस इलाकामा खटिएको टोलीले निगरानी गरेर राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।


पक्राउ परेका राईविरुद्ध दूरसञ्चार र अत्वावाश्यक वस्तु ऐन अनुसार मुद्दा चलाउने तयारी भइरहेको डिएसपी खतिवडाले जानकारी दिए ।

कर नतिरेको भन्दै विप्लव माओवादीले अहिलेसम्म देशभरका करिब २५ वटा एनसेलका टावरमा आक्रमण गरिसकेको छ ।

टावर आक्रमणमा संलग्न आधा दर्जन माओवादी कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको छ ।

टावर आक्रमणमा संलग्नलाई पक्राउ गरेको भन्दै सोमबार मात्रै सो पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले देशभरका एनसेल टावर ध्वस्त पार्ने क्षमता आफूहरुसँग रहेको भन्दै धरपकड नरोके प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस