जापानमा नाङ्गो रेष्टुरेण्ट खुल्दै, कडा नियम पालना गर्नुपर्ने शर्त

मिडिया एनपी, काठमाडौं, ३१ जेठ । जापानको राजधानी टोक्योमा आउने महिना ‘नेकेड(नाङ्गो) रेष्टुरेण्ट खुल्ने भएको छ । तर, उक्त रेष्टुरेण्टमा जानका लागि निकै कडा नियम पालना गर्नुपर्ने हुन्छ ।japan
यस रेष्टुरेण्टमा खाना खानु अघि आफ्नो शरीरको तौल गर्नु पर्ने शर्त राखिएको छ । यदी तौल धेरै भएमा प्रवेशमा रोक लगाइनेछ । उचाई अनुसारको औषत तौल भन्दा १५ किलो धेरै भए प्रवेशमा रोक लगाइने नियममा उल्लेख गरिएको छ ।
‘द अमृता–संस्कृत फोर इम्मोरेलिटी’ नामक यस रेष्टुरेण्टमा १८ देखि ६० वर्षको उमेर समूहका व्यक्तिलाई मात्रै प्रवेश अनुमति दिइने बताइएको छ ।
आउँदो जुलाई २९ तारिखमा खुल्न लागेको रेष्टुरेण्टमा जाने ग्राहकले एक अर्कालाई असर पर्ने व्यवहार गर्न पाइँदैन भने मोबाइल फोन, क्यामेरा लैजान नपाइने बताइएको छ । सो रेष्टुरेण्टमा जानका टिकटको मूल्य ८० हजार येन तिर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस