दुवै मुख्य भूमिकामा रहेको ‘जग्गा जासूस’ का सेटहरूमा यस्तो दृश्य सजिलै देख्न सकिन्छ । उनीहरू एकअर्कालाई बेवास्ता गरिरहेका हुन्छन् ।

जेष्ठ १९, २०७३- कट्रिना कैफ र रणवीर कपुर अचेल पक्कै पनि लिभ–इन–रिलेसनसिपमा छैनन् । करिब पाँच महिनाअघि ब्रेकअप भएयता उनीहरूको आपसी व्यवहार सन्तोषजनक छैनन् । दुवैबीच सबै कुरा सामान्य छैन । कतिसम्म भने, सुटिङमा पनि एकअर्काको सामना गर्नु नपरे हुन्थ्यो भन्नेमा सचेत हुन्छन् दुवै ।

दुवै मुख्य भूमिकामा रहेको ‘जग्गा जासूस’ का सेटहरूमा यस्तो दृश्य सजिलै देख्न सकिन्छ । उनीहरू एकअर्कालाई बेवास्ता गरिरहेका हुन्छन् ।

रणवीरसँग ब्रेकअपबारे केही बोल्नबाट महिनौँदेखि तर्किंदै आएकी कट्रिनाले आखिर त्यो सन्दर्भबारे मुख खोलेकी छन् ।

ब्रेकअपका साइड इफेक्टबारे पनि ३२ वर्षेले बोलेकी छन् । आफ्नो प्रेम जीवनबारे बोल्न उनी किन मन पराउँदिनन् भन्नेबारेको प्रश्नमा उनले भनेकी छन्, ‘मान्छेहरू सधैँभर आफ्ना कुराहरू सार्वजनिक गरिरहेका हुन्छन् । मलाई चाहिँ यस्तो गर्नु ठीक लाग्दैन ।’

रणवीरसँगको ब्रेकअपले बलिउड र त्यहाँका मान्छेहरूप्रतिको धारणा बदलेको प्रतीत हुन्छ । ‘मलाई लाग्छ, पहिलेजसरी अब म कसैलाई साथी बनाउँदिनँ होला,’ उनले भोग म्यागाजिनसँग भनेकी छन्, ‘कसैसँग एकदमै घनिष्ठ हुन र भर पर्न सक्दिनँ होला अब ।’

यसबाट के अनुमान गर्न सकिन्छ भने, कट्रिनाको अहिलेको अवस्था ‘अगुल्टाले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ’ भने जस्तै भएको छ ।


प्रकाशित: जेष्ठ १९, २०७३

प्रतिक्रिया दिनुहोस