वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था चिन्ताजनक,आईसियुमा राखेर उपचार गरिदै

वरिष्ठ संगीतिकार अम्बर गुरुङलाई पुनः अस्पताल भर्ना गरिएको छ । घरमै स्वास्थ्य लाभ गरिरहेका गुरुङलाई फोक्सोमा निमोनियाको समस्या देखिएपछि अस्पताल लगिएको हो ।


Amber-Gurung
गएराति अचानक बढेको खोकीसँगै उनको मुटुको धडकनमा गडबडी आएपछि उनी अचेत छन् । अहिले टोखा स्थित ग्राण्डी अस्पतालको आईसियुमा राखेर उपचार गरिएको छ । उनको उपचारमा संलग्न चिकित्सक पंकज जोशीका अनुसार उनको अवस्था चिन्ताजनक छ । फोक्सामो पानी जमेकाले त्यसको असर मुटुमा परेको चिकित्शकहरुले बताएका छन् । उनको स्वास्थ्य अवस्था जटिल भएकाले अझै केही समयपछि मात्रै केही भन्न सकिने उनीहरुको भनाई छ ।
उनको अवस्था चिन्ताजनक भएपछि उनका आफन्त र शुभ चिन्तकहरु अस्पताल पुगेका छन् । सरकारले पनि गुरुङको नाममा दिने भनेको राष्ट्र गायक वा राष्ट्रिय संगितकारको सम्मानको निर्णयपछि छिटै प्रदान गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस