अम्बरकी पत्नीले भनिन्, ‘सँगै जाउँला भनेको थियौ नी बाबा, छोडेर गयौ’ (भिडियो सहित) -

ताजाखबर। मंगलबार ग्राण्डी अस्पतालबाट स्व. अम्बर गुरुङको शव नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धान्जलीका लागी राखे लगत्तै श्रद्धाञ्जली दिनेहरुको ठूलो भिड लाग्यो ।



हजारौँको संख्यामा अम्बरलाई श्रद्धान्जली दिनेहरुले अम्बर पत्नी बिनाले रुँदै बोलेको एउटा बाक्य सँगै जाउँला भनेको थियौ नी बाबा, छोडेर गयौले धेरैलाई भावविह्वल बनायो । बिनाले रुँदै भनिन् अब म कसरी एक्लै बाँचु ?

अम्बरको शव ग्राण्डी हस्पिटलबाट प्रज्ञा भवन ल्याइएपछि बीनाले भावविह्वल भएर श्रद्धान्जली दिइन् । श्रद्धाञ्जली दिने क्रममा उनी बेस्सरी भक्कानिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस