गौशालामा यसरी गरियो ९ सय लिटर घरेलु मदिरा नष्ट हेर्नुहोस पुरा समाचार फोटोफिचर

जेष्ठ २०, २०७३- काठमाडौंको गौशालामा प्रहरीले घरेलु मदिरा नष्ट गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएका प्रहरीले गौशाला क्षेत्रका होटल तथा पसलहरुबाट करिव ९ सय लिटर मदिरा बरामद गरेर नष्ट गरेको हो। बिहीबार बिहान वृत्तका डिएपी नवराज कार्कीको नेतृत्वमा खटेको प्रहरीले उक्त परिमाणको मदिरा नष्ट गरेको हो ।

वृत्तको कार्यालय रहेको भवन पछाडिको खाली ठाउँमा मदिरा नष्ट गरिएको छ । कार्कीले मदिरा नष्ट गरिसकेपछि भने, 'हामीले एकहप्ताको अवधिमा ९ सय लिटर बराबरको मदिरा बरामद गरेर नष्ट गरेका छौं । बरामद गरिएका पसलका पसलेहरुलाई आइन्दा यस्तो काम नगर्ने गरी पहिलो चेतावनी दिएका छौं ।' कार्कीका अनुसार रातोपुल, कालोपुल, गौशाला चोक, बत्तीसपुतली, गुह्वेश्वरी लगायतका ठाउँबाट मदिरा बरामद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस