भारतीय मिडियाको दावीः सर्जिकल स्ट्राइकपछि ट्रक भरी-भरी लाश
भारतीय सञ्चार माध्यमले पाकिस्तानमाथि गरिएको भनिएको सर्जिकल स्ट्राइकलाई सत्य पुष्टी गर्ने नयाँ दावी प्रस्तुत गरेका छन् ।
पाकिस्तानले सर्जिकल स्ट्राइक हुँदै नभएको दावि गरिरहेको समयमा भारतीय मिडियाले भने सर्जिकल स्ट्राइक भएको ठाउँबाट प्रत्यक्षदर्शीहरुले ट्रकका ट्रक लाश लगेको देखेको जनाएका छन् ।
२९ सेप्टेम्बरको विहान भारतीय सेनाले ट्रक भरी भरी लाश लगेको देखेको दावी प्रत्यक्ष दर्शीलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन् । यद्यपी भारतीय सेनाले दावी गरेको स्तरमा भने आतंकबादीहरुलाई क्षति नपुगेको उनीहरुको भनाइ छ ।
भारतीय सेनाले त्यतिबेला कम्तिमा ३८ आतंकबादीलाई मारेको दावी गरेको थियो । उनीहरुले सर्जिकल स्ट्राइक प्रत्यक्ष अनुभव गरेको र विहान ४-५ बजे तिर ट्रक भरेर लाश ओसारेको देखेको बताएका छन् ।
भारतले पाकिस्तानी भूमिमा पसेर गरेको भनिएको सर्जिकल स्ट्राइकबारे भारत र पाकिस्तानबीच जुहारी चलिरहेको छ । भारतले सर्जिकल स्ट्राइकमा ४० आतंकबादी मारेको दावी गरेको छ भने पाकिस्तानले भने सर्जिकल स्ट्राइक केवल प्रोपोगाण्ड भएको बताइरहेको छ ।
राष्ट्रसंघले समेत भारतीय सर्जिकल स्ट्राइकको पुष्टि गर्न नसकिने बताइसकेको छ । यसैबीच विविसीकी एक महिला पत्रकारले सर्जिकल स्ट्राइक भएको भनिएको स्थलमा पुगेर स्थलगत रिपोर्ट सार्वजनिक गरेका छन् ।