भारत संग युद्द गर्न पाकिस्तानले लाहोर र कराँचीको हवाईमार्ग बन्द गरि आर्मीका लडाकु बिमान उडाउन थाल्यो
इस्लामावाद, असोज १९ । भारतसँगको बढ्दो तनावसँगै पाकिस्तानले आफ्नो सैन्य शक्तिलाई सतर्क अवस्थामा राख्न थालेको छ । यस क्रममा पाकिस्तानी वायुसेनाले युद्धाभ्यास गर्ने भएको छ ।
पाकिस्तानी वायुसेनाको युद्धाभ्यासलाई ध्यानमा राख्दै पाकिस्तानले लाहोर र कराँचीको हवाईमार्ग ८ अक्टोबरदेखि बन्द गर्ने भएको छ । व्यावसायिक उडानका लागि लाहोर र कराँचीको हवाईमार्ग १३ दिनका लागि बन्द गरिने भएको पाकिस्तानी अधिकारीहरुको भनाइ छ ।
पाकिस्तानको यस्तो निर्णयले भारत दोहोरो धक्का महसुस गरिरहेको छ । एकातिर पाकिस्तानी वायुसेना युद्धाभ्यासमा जुट्नु उसका लागि ठूलो चुनौती बनिरहेको छ भने अर्कोतिर पश्चिमा तथा खाडी मुलुक जाने भारतीय विमानहरुले अब वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने भएको छ । वैकल्पिक मार्ग प्रयोग गर्दा समय र इन्धन खर्च बढ्ने भारतीय अधिकारीहरु बताउँछन् । (एजेन्सी)