छोरीले आमालाई रुँदै भनिन्, ‘बुवाले मलाई गर्भवती बनाउनुभयो’

भारतको गुजरातस्थित बडोदरामा पारिवारिक सम्बन्धलाई कलंकित बनाउने एउटा सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । विगत पाँच महिनादेखि गर्भवती एक युवतीले आफ्नो पितामाथि संगीन आरोप लगाएकी छन् । उनले प्रहरीलाई आफ्नो गर्भमा बढिरहेको बच्चा आफ्नै बुवाको भएको बताइन् । प्रहरीले आरोपित बुबालाई पक्राउ गरेको छ ।

वडोदराको मकरपुरा इलाकामा बस्ने १९ वर्षीया पीडित युवतीले आफू १४ वर्षको हुँदादेखि नै पिताले आफूलाई रेप गरिरहेको बताइन् । बुबाले छोरीलाई यसको बारेमा कसैलाई बताएमा ज्यान मार्ने धम्की दिएका थिए । आमा चाहिँ यस विषयमा पूरै अनभिज्ञ थिइन् । दुई दिनअघि मात्र पनि पिताले छोरीलाई रेप गरेका थिए । त्यही क्रममा उनले पितालाई आफ्नो पेट दुखेको बताइन् । पिताले उनलाई चिकित्सककहाँ जान भने । पीडित युवतीलाई असह्य भएपछि आमाले अस्पताल लगिन् ।

चिकित्सकले जाँचेपछि पो आमाले आफ्नी छोरी गर्भवती भएको थाहा भयो । यो सुनेर आमा आत्तिइन् । आमाले यसको बारेमा कडाइका साथ छोरीलाई सोध्दा उनले रुँदै भनिन्, ‘मेरो कोखमा बुवाको बच्चा छ ।’ त्यसपछि आमा तत्कालै प्रहरी चौकी गइन् र पतिका विरुद्ध उजुरी दर्ता गराइन् । पीडितको बयानका आधारमा प्रहरीले पितालाई पक्राउ गरेको छ । पीडितको उपचार चलिरहेको छ भने प्रहरीले केसको जाँच गरिरहेको छ ।– एजेन्सी


प्रतिक्रिया दिनुहोस