आजको राशिफल २०७४ जेठ २१ गते आइतबार, Today's Horoscope, June 4>>

पृथ्वीलाई सूर्यको परिक्रमा पुरा गर्न पुरा १२ महिना लाग्छ । यो अन्तरालमा पृथ्वी र सूर्यको दुरी परिक्रमाको बाटो आदीमा समय फरक पर्दै जान्छ । करिब १ महिना सम्म पृथ्वी र सूर्यको दुरी समान रहेको रहेको पाइन्छ । यो हिसाबले खगोल शास्त्रीहरूले पुरा एक महिना सम्म सूर्य एकै रेखामा विचरण गरेको तथ्यलाई औँल्याउदै सूर्यको यो अवस्थालाई एक “राशि”को नाम दिएका छन् । राशिहरू १२ वटा हुन्छन् । सूर्यले एक महिना सम्म एक राशिमा विचरण गर्छ भने चन्द्रमाले एक राशिमा करिब २.५ (ढाइ) दिन भोग गर्छ । यसकारण ज्योतिषविधहरूले राशिलाई क्रमश: “सूर्य राशि” र “चन्द्र राशि” दुई भागमा बिभक्त गरेता पनि हिन्दू ज्योतिष प्रमाणीकरणका अनुशार चन्द्र राशिलाई नै मान्यता दिईएको छ। राशिहरूका नाम यस प्रकार छन् :- 1 मेष राशि 2 वृष राशि 3 मिथुन राशि 4 कर्क राशि 5 सिंह राशि 6 कन्या राशि 7 तुला राशि 8 वृश्चिक राशि 9 धनु राशि 10 मकर राशि 11 कुम्भ राशि 12 मीन राशि

प्रतिक्रिया दिनुहोस