बाबुराम त रण्डीबाजी तीर लागेर पो बिग्रेका रहेछन ?

बाबुराम त रण्डीबाजी तीर लागेर पो बिग्रेका रहेछन ?

        शान्ति र संविधानमा समय विताउनु पर्ने देशका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई एक अधबैसे महिलासँग फोटो सेसनमा ब्यस्त हुने गरेको प्रमाण फेला परेको छ। चरित्रमाथि प्रश्न चिन्ह उठेकी ती महिला डा.भट्टराईको गर्लफ्रेण्ड हुँ भन्दै हिड्न पनि पछि पर्दिनन्। जनताको जीउधनको सुरक्षा, शान्ति र संविधान छाडेर चरित्रहिन महिलासँग हिमचिम बढाएका कारण एकातिर डा. भट्टराईको चरित्रमाथि पनि प्रश्न चिन्ह उब्जेको छ भने अर्कोतिर सर्वसाधारण जनता, प्रशासन र प्रहरीमा समेत ती महिलाले खेल्ने मौका पाएकी छिन्।


     ती महिला अरु कोही नभएर कालो अक्षर भैसी बराबर भन्ने उखानसँग मेल खाने दीपा केसी कुँवर हुन्। पाठकलाई पत्यार लाग्ला वा नलाग्ला तर यथार्थता आखिर केही गरे पनि लुक्दैन भने झै बाबुरामको असली रुप पनि बाहिर आएको छ। प्रधानमन्त्री डा.भट्टराईकी श्रीमती हिसीला यमीले विभिन्न मन्त्रालय मातहतका निकायमा प्रमुख बनाउने भन्दै कमिशन असुलेर सम्पत्ति थोपरिरहेको बेला बजारमा भने प्रधानमन्त्री भट्टराईको गर्लफ्रेण्ड हुँ भन्दै दीपालेे विभिन्न व्यक्तिहरूसँग काम गरिदिने नाममा पैसा असुलेपछि यो रहस्य बाहिर आएको हो। महाराजगञ्ज र बुढानिलकण्ठ घर भएकी दीपालेे कहिले गुण्डा छुटाउने नाममा प्रहरीलाई हैरान पारेकी छिन् त कहिले पीडित व्यक्तिको मुद्दा मिलाउने नाममा रकम असुलेर पीडितलाई थप पिडामा पार्दै आएकी छिन्।

        लेनदेनको मुद्दामा हनुमानढोकाको चिसो छिंडीमा बस्दा दिपाले संगीता राणा श्रेष्ठबाट मुद्दा मिलाइदिन्छु भन्दै छ लाख असुलेको घटना यसअघि नै जनप्रहारले प्रकाशित गरिसकेको छ। आफू प्रधानमन्त्रीको गर्लफ्रेण्ड भएको नाता जोड्दै केस मिलाउछु भन्दै प्रलोभन देखाएर दीपाले छ लाख असुलेकी थिइन्। संगिता राणा प्रहरीको खोरमा रहेका बेला दीपाले यो मुद्धा कान्तिपुरका कैलाशले मिलाइदिन्छु भनेका छन् भन्दै राणाकी छोरीलाई भनेकी थिइन्। दीपाले पछि ‘छोरी तिमीले कैलाशलाई खुसि पार्नु पर्छ’ भनेपछि उनको असली रुप र धन्दा समेत बाहिर आएको हो। सामान्य लेखपढ समेत गर्न नजान्ने दिपाको प्रहरीका उच्च हाकिमहरू, नेपाली सेनाका उच्च अधिकारी, विभिन्न दलका नेतासँग पनि रामै्र उठबस रहेको स्वयम् प्रहरीहरूले जनप्रहारलाई बताएका छन्। दीपाले अपहरण, ठगी, जवर्जस्ती असुलीलगायतका आपराधिक मुद्दामा फसेका व्यक्तिहरूसँग मुद्धा मिलाइदिने भन्दै असुल्ने गरेकी छिन्। केही महिना पहिले सुमित्रा मानन्धरलाई ठगिको आरोपमा महानगरिय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको थियो। दीपाले सुमित्रालाई छुटाउन त्यहाँका एसपी भोग बहादुर थापालाई गुहारिन् र छुटाइन् पनि। तर दीपाले मानन्धरलाई छुटाए बापत पनि दुई लाख ५० हजार लिएको स्रोतले बताएको छ।

        यसअघि दीपाले बाबुरामको गर्लफ्रेण्ड भएको र सजिलै भेट्न र भेटाउन सक्छु भन्दै विभिन्न पत्रकार, गुण्डा र दलालहरूलाई प्रधानमन्त्री डा. भट्टराईसँग भेटाउने कार्य गर्दै आएकी थिइन्। तर, स्वच्छ छवी भएका भनिएका डा. बाबुराम नै दीपाको घरमा हुने भोजभत्तेर, विवाह, पाश्नीलगायतका कार्यक्रममा सहज भेटिनु र दीपासँग आपत्तीजनक फोटो खिचाउनुले ‘दालमे कुछ काला है’ भन्ने सन्देश बाहिर आएको हो। जबकी दीपा भन्ने महिलाको भट्टराईसँग कुनै नातागोता पनि पर्दैन, उनीहरूबीचको सम्बन्ध दाजु बैनीको पनि होइन् भने दीपा त्यस्तो कुनै सार्वजनिक ब्यक्तित्व पनि होइनन् र दीपा कुनै पार्टीसँग पनि आबद्ध छैनन्।

       ‘देशका प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेका बाबुराम एक चरित्रहिन महिलासँग उठबस गर्नु आफैमा आर्श्चयजनक मात्र नभई अकल्पनीय, अस्वभनीय र निन्दनीय रहेको छ।’– प्रधानमन्त्री भट्टराईसँग नजिक रहेका माओवादीकै एक नेता बताउँछन्। दीपाले गएको दशैंमा हातहतियार तथा खरखजना मुद्धामा पक्राउ परेका अभियुक्त विक्रम लामालाई छुटाउन समेत डीआईजी उपेन्द्रकान्त अर्याललाई प्रयोग गरेकी थिइन्। प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईवी) को टोलीले अभियुक्त लामालाई पक्राउ गरे लगत्तै लामालाई छुटाउन दीपाले सीआईवीका प्रमुख अर्याललाई फोन गरिन्। त्यस लगत्तै लामालाई रातारात जिल्ला प्रहरी कार्यालय धादिङ पठाएर मुद्दा नै फितलो बनाई लामालाई छाडिएको थियो। लामालाई छुटाउन दीपा आफै धादिङ पुगेकी थिइन्। चरित्रमा प्रश्नचिन्ह लागेकी दीपा र अर्यालले एउटै गिलासमा रक्सी खाने गरेको समेत स्रोतको दावी छ। त्यसो त दीपाको सम्बन्ध आपराधिक क्रियाकलाप गरेर सँधै चर्चामा रहने चत्रे्क मिलन समूहका गुण्डाहरूसँग पनि राम्रो छ।

        चक्रे समूहका कुनै पनि गुण्डालाई प्रहरीले पक्राउ गर्ने वित्तिकै उनी प्रहरीको ढोका घचघच्याउन पुग्ने गरेको महाराजगञ्ज बृतमा कार्यरत प्रहरीहरू नै बताउँछन्। प्रधानमन्त्री डा. बाबुरामका पीएसओ एवम् महाराजगञ्ज बृत्तका तत्कालीन डीएसपी दीपक थापा र दीपाबीच बढेको गाढा सम्बन्धका कारण दीपककी श्रीमतीले बृतमा आएर नै बस्न थालेको घटना स्मरण गदै महाराजगञ्ज बृतका एक प्रहरी भन्छन्,–’यिनै महिलाको कारण डीएसपी दीपक थापा सा’पको घर परिवारमा झगडा शुरु भयो। डीएसपी थापाकी श्रीमतीले बाहिरी युवतीसँग श्रीमानले सम्बन्ध राख्ने गरेको भन्दै माइती नेपाललाई समेत गुहारेकी थिइन्।’ को हुन् दीपा केसी कुँवर? राम्ररी पढ्न र लेख्न समेत नजान्ने दीपा राजधानीबाट उत्तरतर्फ पर्ने साङले खोलास्थित साङला गाविसमा जन्मेकी हुन्। थाक्सेकाजी कुँवरकी छोरी दीपाको परिवार र नातागोतासँग सम्बन्ध त्यति राम्रो छैन्, उनकै चरित्रका कारण। दीपाको पहिलो विवाह दक्षिणकाली तिरका एक युवकसँग भएको थियो।

         उनी पहिलो श्रीमानसँग बस्न नसकेपछि उनका जीवनमा धैरै उतरचढाव आए। केही बर्षपछि महाराजगञ्जका विमल केसीसँग विवाह भयो। त्यसपछि श्रीमानको सोझोपनको फाइदा उठाउँदै उनले जीवनमा एकाएक तरङ ल्याइन्। उच्च पदस्थ सरकारी कर्मचारीहरूसँग नजिकिने क्रममा दीपाले कुनै बेला युवतीहरू सप्लाई गर्ने अखडा नै चलाइन्। अहिले पनि यो धन्दा अझ झाँगिएको बताउँछन् दीपालाई नजिकबाट चिन्नेहरू। उनी प्रशासनको उच्च तहमा यो गर र त्यो नगर भन्दै आदेश दिने हैसियत राख्छिन्। त्यसो त बुढानिलकण्ठ बस्ने दीपाको महाराजगञ्ज प्रहरी बृतमा नयाँ आउने जो–कोही प्रमुखसँग पनि राम्रो उठबस हुने गरेको छ भने प्राय प्रहरीका हाकिमहरू यिनले जे भन्यो त्यो मान्छन्,।

          दीपाले प्रधानमन्त्री डा. भट्टराईलाई मोवाइलबाट एसएमएस पठाउँदा समेत अरुलाई टाइप गर्न लगाएर पठाउने गदै आएकी छन्। यसै क्रममा बाबुराम र उनीबीचको सम्बन्ध बाहिर आएको हो। दीपाले प्रहरीका उच्च पदस्थ हाकिमसँग मिलेर कहिले कुर्ता सुरुवाल त कहिले कम्यूटरका पाटपूर्जाको तस्करी गर्ने प्रयास पनि नगरेकी होइनन्। यस्को रहस्य दुई बर्ष अगाडि नै विराटनगर भन्सार कार्यलयमा खुलेको थियो। डीएसपी थापाको मृत्यु रहस्यमय २०६७ साल माघ ५ गते आत्महत्या गरेका भनिएका नेपाल प्रहरीका डीएसपी कञ्चन थापासँग पनि दीपाको सम्बन्ध जोडेर हेर्ने गरिएको छ। स्रोतका अनुसार मृतक डिएसपी थापाकी गर्लफ्रेण्ड खोपकुमारी अधिकारीलाई दीपाले सम्बन्ध गाँस्न पठाएकी थिइन्। यो काण्डलाई तत्कालिन महाराजगञ्ज बृतका डीएसपी दिपक थापाले गुपचुप पारेको बृत्तकै प्रहरीहरू बताउँछन्।

               खोपकुमारीलाई प्रहरीले अनुसन्धानको घेरामा राखी छानविन अगाडि बढाएपनि दीपालाई तत्कालिन महाराजगञ्जका बृत प्रमुख दीपक थापाले बचाएका थिए। २४ वर्षिया खोपकुमारीलाई प्रहरीले अनुसन्धानका क्रममा विशिष्ठ ‘कल गर्ल’ भएको र उनको समूहमा २० देखी २५ जनासम्म युवती रहेको पत्ता लगाएको थियो। उक्त कल गर्लको समूहमा को–को थिए भन्ने प्रहरीले तत्काल पर्दाफास नगरेपनि ठूला–ठूला घरानीयाका छोरी, बुहारी रहेको प्रतिक्रिया दिएको थियो र उनीहरूको सम्बन्ध प्रहरीका उच्च हाकिम, राजनीतिक नेता तथा बाहलवाला प्रधानमन्त्री तथा मन्त्रीहरूसम्म रहेको बताएको थियो। दीपाले मृतक डिएसपी थापालाई चिनजान गराएकी खोपकुमारीको सम्बन्ध कर्नाटक राज्यका पूर्व मूख्यमन्त्री सुरेन्द्रसिंह राठौरसँग समेत भएको र राठौरसँग करणी गर्दै गरेको अश्लिल तस्विर र भिडियो समेत अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको थियो। खोपकुमारीकै कारण डिएसपी कञ्चन थापाले कन्चटमा गोली हानी आत्महत्या गरेको प्रचार गरिए पनि त्यो हत्या थियो वा आत्महत्या के थियो? भन्ने अझै बाहिर आउन सकेको छैन।

              यौनकर्मी खोपकुमारीले पटक–पटक गरी कर्नाटकका मुख्यमन्त्री राठौरसँग लिएको पैसाले नेपालटार हिले टोलमा तीन तले घर र ४० लाख बैंक व्यालेन्स भएको प्रहरीले सार्वजनिक गरेको थियो। २४ वर्षीया खोपकुमारी १४ वर्षदेखि यौन पेशामा लागेको समाचार समेत विभिन्न सञ्चारमाध्यमहरूमा सार्वजनिक भइसकेका थिए। खोपकुमारीको जस्तै करोडौं अवैध सम्पत्ति दीपासँग पनि छ। कुनै पेशा, व्यापार र व्यवसाय नभएकी दीपाको लाखौं सम्पत्ति र बुढानिलकण्ठस्थित सुविधा सम्पन्न महल कहाँबाट आयो? यतिखेर खोजिको विषय बनेको छ। दीपासँग प्रधानमन्त्री भट्टराईको सम्बन्ध के हो त भन्ने बारेमा जनप्रहारले कुरा गर्न खोज्दा उनले पटक पटक फोन काटेर रेस्पोन्स नै गरिनन्।एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफैंले स्थापना गरेको पार्टी परित्याग गरी आफैंले एक साताअघि मात्र अनुमोदन गरेको संविधानबिरुद्ध मोर्चामा सामेल भएका छन्।

शनिबार पत्रकार सम्मेलनमार्फत पार्टीको साधारण सदस्य र सबै जिम्मेवारीसहित संसद सदस्यताबाट पनि राजीनामा गर्ने घोषणा उनले गरेका हुन् । यो कदमपछि एमाओवादी अध्यक्षसँगको २६ वर्ष लामो उनको सम्बन्ध विच्छेद भएको छ। दस वर्ष लामो सशस्त्र विद्रोहको उत्कर्षमा बाबुराम ‘जनसरकार प्रमुख’ थिए भने दाहाल पार्टीका नेता (पहिले महासचिव, पछि अध्यक्ष) सँगै जनसेनाका सर्वोच्च कमाण्डर थिए।
tगोरखा १ बाट संसद्मा प्रतिनिधित्व गरेका भट्टराईले सभामुख सुवास नेम्बाङसमक्ष सांसद पदबाट पनि राजीनामा दिएका थिए। अध्यक्ष दाहालले भट्टराई पुनः पार्टीमा फर्कनेमा आफू आशावादी रहेको प्रतिक्रिया दिएका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

भट्टराईले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘पार्टीहरू भनेका साधन हुन् । ती साध्य होइनन्, साध्य भनेको जनताको समृद्धि हो। एउटा युगका निम्ति बनेको पार्टी अर्को युगका निम्ति काम नलाग्न सक्छ। पुरानो एकात्मक सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्था अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था ल्याउन अर्थात् पुँजीवादी क्रान्ति सम्पन्‍न गर्नका निम्ति हामीले एकीकृत माओवादी पार्टी बनायौं। अब नयाँ ढंगको संगठन, नेतृत्व, कार्यदिशा, शैली र विचार भएको पार्टी निर्माण गरेर जानुपर्छ।’ source:sansani khabar

प्रतिक्रिया दिनुहोस