भट्टराई पाखा लागेपछि प्रचण्डलाई वैद्यको फोन
१३ असोज, काठमाडौं ।
एमाओवादी अध्यक्ष प्रचण्ड र सिंगो पार्टीलाई आश्चर्य चकित पादै नेता डा. बाबुराम भट्टराईले पार्टी छोडेको घोषणा गरेपछि पार्टीले पुनः पार्टीमा फर्कन आग्रह गरेको छ । तर भट्टराईले भत्किएको घरमा नफर्कने बताउंदै तराई मधेसमा जारी आन्दोलन समर्थन गर्दै कार्यक्रममा सहभागी हुन थालेका छन् । भट्टराईको कारण मोहन वैद्यले पार्टी फुटाएको चर्चा अहिले पनि छ । भट्टराईले पार्टीबाट बाहिरिएको घोषणा गरेलगत्तै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एमाओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर पार्टी एकता प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।
प्रचण्डले वैद्यसँग वार्ता प्रक्रिया अगाडि बढाउदा भट्टराई तर्कने गरेका थिए । त्यही भएर पनि पछिल्लो समयमा वैद्य र प्रचण्डको बीचमा टेलिफोनमा कुराकानी भएपनि भेटघाट भएको थिएन । चार दलबीच १६ बुँदे सहमति भएपछि वैद्य प्रचण्डसँग रिसाएका थिए । असोज ३ गते संविधान जारी भएदेखि भट्टराई तर्कने गरेका थिए । त्यही भएर पनि पछिल्लो समयमा वैद्य र प्रचण्डको बीचमा टेलिफोनमा कुराकानी भएपनि भेटघाट भएको थिएन ।
baburam prachanda baidhya
चार दलबीच १६ बुँदे सहमति भएपछि वैद्य प्रचण्डसँग रिसाएका थिए । असोज ३ गते संविधान जारी भएपछि मधेसवादी दलहरुले तराई मधेसमा आन्दोलन जारी राखेका छन् । यस्तो अवस्थामा भट्टराईले पार्टी परित्याग गरेपनि प्रचण्ड अपठ्यारोमा परेका छन् । यता वैद्यले पनि प्रचण्डलाई साथ दिने संकेत गरेका छन् । पार्टी फुटाएपनि फुटको औचित्य पुष्टि गर्न नसकेका वैद्यले प्रचण्डसँग एकता गरेर अगाडि बढ्ने तयारी गरेको एक नेताल बताए ।
प्रचण्ड निकट एक नताले भने,‘वैद्यजीले पटक–पटक फोन गर्नुभएको छ, प्रचण्डले भट्टराई बाहिरि लगत्तै छलफल गर्दा राम्रो सन्देश जादैन केही दिनमा गरौला भन्नुभएको छ, भट्टराईले कस्तो प्रतिक्रिया दिनुहुन्छ, त्यही अनुसार छलफल र हुन्छ र पार्टी एकताको आधान निकै बलियो हुँदै गएको छ ।’

