भारतीय हस्तक्षेप विरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)
aa
६ असोज, काठमाडौं ।
नेपालको आन्तरिक मामीलामा छिमेकी राष्ट्र भारतले अनावश्यक हस्तक्षेप गरेको भन्दै सामाजिक संजालमार्फत बुधवार काठमाडौंमा विरोध प्रदशन भएको छ ।
भारतको दादागिरी विरुद्ध ट्वीटरमा विद्रोह, एक नम्बर बन्यो #BackOffIndia
भृकूटीमण्डपमा युवाहरुले स्वतस्फूर्त प्रदर्शन गरेका छन् । मंगलबार नेपालका नाकाहरुमा भारतले नाकाबन्दी लगाएको भन्दै सामाजिक संजालमा चर्को विरोध हुदै आएको छ ।
सोही संजाल मार्फत केही स्वतन्त्र युवा तथा विभिन्न राजनीतिक पार्टीसम्बद्ध युवाहरुले बुधवार विरोध प्रदर्शन गरेका छन् ।
‘व्याकअफ इण्डिया’ लेखेको प्लेकार्ड छातिमा टाँसेर ‘आन्तरिक मामला हल गरौं, भारतीय हस्तक्षेपको विरोध गरौं’ भन्ने नारा सहित प्रदशन गरेका छन् ।
कार्यक्रममा बैद्य नेतृत्वको माओवादीका युवा नेता लेखनाथ न्यौपाने, एमालेसम्बद्ध विद्यार्थी नेता राजकूमार राई, एमाओवादी सम्बद्ध विद्यार्थी नेता रंजित तामाङ, बैद्य माओवादीसम्बद्ध विद्यार्थी नेता विरेन्द्र वस्नेत लगायतले भारतीय हस्तक्षेप स्विकार्य नहुने बताएका थिए ।
काठमाडौं आउनासाथ बालुवाटार पुगे भारतीय राजदुत
भारत विरुद्ध सामाजिक सञ्जालमा चलाइएको #BackOffIndia भन्ने ट्रेण्डिङ विश्वभरी चर्चित बनेको छ ।