बाबुरामको निवासमा चिनियाँ राजदुत
६ असोज, काठमाडौं ।
नेपालमा संविधान जारी भएपछि स्वागत गरिसकेको चीनका राजदुत वू चिन्ताइ संविधान जारी हूँदा असन्तुष्ट रहेका एमाओवादी नेता बाबुराम भट्टराई निवास पुगेका छन् ।
भारतले नेपालको संविधानमा चाहेका ७ कुराः गोप्य रिपोर्ट खुलासा
भारतले आक्रोश देखाइरहेको समयमा संविधानको स्वागत गरिसकेको छिमेकी देशका राजदुत रिसाएका नेतालाई भेट्न उनकै निवास पुगेका हुन् । बाबुराम भट्टराईले आफू र चिनियाँ राजदुतबीच भएको भेटवार्ताको तस्विर राख्दै वर्तमान अवस्था र दुइपक्षीय हितका विषयमा कुराकानी भएको जानकारी दिएका छन् ।
Baburam with chinese ambassador
चिनियाँ राजदुतले बाबुरामसँग उनको ब्यक्तिगत असन्तुष्टी र भारतीय चाहानाबारे चासो राखेको बताइएको छ ।
चिनियाँ राजदुत बाबुरामलाई भेट्न पुग्दै गर्दा दक्षिणी छिमेकी भारतका राजदुत भने दिल्लीबाट फर्किनासाथ भारतका चाहना बुझाउन बालुवाटार पुगेका छन् ।
काठमाडौं आउनासाथ बालुवाटार पुगे भारतीय राजदुत