भारतले नेपालको संविधानमा चाहेका ७ कुराः गोप्य रिपोर्ट खुलासा
काठमाडौं ।
भारतले नेपालको संविधानलाई स्वागत नगर्नुको रहस्य भारतीय विदेश मन्त्रालायको एक गोप्य रिपोर्टले खोलेको छ ।
भारतले नेपालमा रहेको बशिष्ठ पदमा जाने ब्यक्तिलाई बंसजको नागरिकता हुनै पर्ने र संघीय सीमाङ्कनका विषयमा समेत रिजर्भेसन रहेको भारतीय विदेश मन्त्रालयको रिपोर्टबाट खुलेको छ ।
दिपक राज गिरीको मोदीलाई प्रश्न- हामीलाई आवश्यक नभएको दुत किन पठायौ?
आन्दोलनरत मधेसी/थारु समुदायको सरोकार भन्दै भारतीय विदेश मन्त्रालयले ‘नेपालको भर्खरै जारी संविधानमा विभिन्न ७ वटा संशोधन अनिवार्य रहेको’ गोप्य रिपोर्ट सार्वजनिक भएको छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज राष्ट्रपति रामबरण यादवसँगः फाइल तस्विर
भारतीय अखबार इण्डियन एक्सप्रेसका अनुसार भारतले नेपालको संविधानमा ७ परिवर्तन चाहेको छ ।
भारतसँग कुनै हालतमा झुक्दैनौं – प्रचण्ड
यस्ता परिवर्तनमा भारतले सबैभन्दा महत्वपूर्ण मधेशी नागरिकलाई दिइने नागरिकतालाई बनाएको छ । नेपालमा अंगिकृत नागरिकता भएका ब्यक्ति पनि बिशिष्ठ पदमा पुग्न पाउनु पर्ने भारतको माग छ ।
मधेशकै विषयमा बढी चिन्तित भारतले जनसंख्या आधारमा निर्वाचन क्षेत्र तोकिनुपर्ने विषयलाई पहिलो प्राथमिकता दिएको छ भने समानुपातीक समावेशी सिद्धान्तका आधारमा राज्यको संरचनामा सहभागी हुने हक सुनिश्चित गर्न ‘समानुपातिक’ शब्द हटाइएकोमा कडा आक्रोश जनाएको छ ।
भारतले कन्चनपुर, कैलाली, सुनसरी, झापा र मोरङ जिल्लाको संघीय विभाजनबारे समेत बोल्न चाहेको उक्त रिपोर्टले खुलासा गरेको छ ।
भारतले नेपाली संविधानमा चाहेका परिवर्तन के के
१- धारा ६३-३ को निर्वाचन सम्बन्धि ब्यवस्था
२- धारा २१ को संघीय संरचनामा सहभागिता सम्बन्धी ब्यवस्था
३- धारा ८६ को राष्ट्रिय सभाको ब्यवस्था
४- विवादित ५ जिल्लाको संघीय विभाजन
५- धारा १५४ को निर्वाचन क्षेत्र पुनर्निर्धारणको ब्यवस्था
६- धारा ११-६ को नागरिकता सम्बन्धि ब्यवस्था
७- धारा ४२ को समानुपातिक प्रतिनिधित्व भन्ने ब्यवस्था हटाइएकोमा आपत्ति
भारतले चाहेको ७ संसोधनको सन्देश बोकेर भारतीय राजदुत रञ्जित रे बुधबार काठमाडौं फर्किँएका छन् । संविधान जारी भएलगत्तै दिल्ली पुगेका भारतीय राजदुत भारतको स्पष्ट सन्देश सहित उनी आज नेपाल फर्किएका हुन् ।
मोदीका दुतलाई निराश बनाएर फर्काएको नेपालले संविधान जारी गर्ने पक्रिया नरोकेपछि भारत रिसाएको छ । रञ्जित रे दिल्ली पुग्नासाथ भारतले नेपालमा नाकाबन्दी गर्ने सम्मको चेतावनी दिँदै कडा विज्ञप्ती प्रकाशित गरेको थियो ।
रञ्जित रे मंगलबार दिनभर प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय र विदेश मन्त्रालयमा विशिष्ट पदाधिकारीहरूसँग नेपालको स्थितिबारे ‘ब्रिफिङ’ मा व्यस्त रहेका थिए ।
काठमाडौं फर्के लगत्तै राजदुत रे ले प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन् । रे भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाउन बालुवाटार पुगेको भारतीय दुतावास स्रोतले जनाएको छ ।