चीनले नेपाली भूमि मिचेको पाइयो !

हुम्ला – नेपाल–चीनको सीमा नजिक रहेको नेपाली भूमि प्रयोग गरेर चिनियाँ पक्षले तीन कोठे पक्की भवन बनाएको पाइएको  छ ।

हुम्लाको उत्तरी लिमी गाविसमा रहेको लाप्चामा दुई हजार मिटर मिचेर नेपाली भूमिमा चिनियाँ सरकारले आफ्नो सुरक्षा पोष्ट बनाएको गाविस सचिव धर्मराज रोकायाले बताए ।
सोको जानकारीपछि सिमाना अनुगमन गर्न गएको प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरे नेतृत्वको टोलीले पनि नेपाली भुमि मिचेर चीनियाँ पक्षले भवन बनाएको बताएको छ ।
हुम्लाको ११ नम्बर पिलर समेत हराएको लिमी बासिन्दाको भनाई अनुसार अनुगमनमा गएको टोलिले सिमाना अवलोकन गर्दा उक्त नेपाली भुमिमा पक्क घर बनाएको भेटिएको नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष कर्ण बहादुर रोकायाले बताए ।
नेपाली भुमिमा बनाएको भवनको बारेमा दुबै देशका प्राविधिक टोली समेत बसेर समस्या तत्कालै समाधान गर्नु पर्ने स्थानीय विकास अधिकारी रवि भट्टराइले बताए ।

प्रतिक्रिया दिनुहोस