सुनौली दशगजामा मधेसी मोर्चाका कार्यकर्ताले निर्घात कुटपिटपछि एक युवकको हात काटे

भैरहवा, २० असोज । संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले सुनौली दशगजा क्षेत्रमा एक युवकको हात काटिदिएका छन् । आन्दोलनमा रहेका मधेसी मोर्चाले पहिले युवकमाथी कुटपिट गरेका र पछि हात काटेको स्थानीयले बताएका छन् ।
आन्दोलनरत दलले आफ्नो आन्दोलनमा सहयोग नगरेको आरोपमा युवकमाथी निर्धात कुटपित गरेका थिए । कुटपिटबाट सक्त घाइते भएका युवकको पछि घरेलु हतियारबाट हात काटिएको स्थानीय बताएका छन् ।
मधेसी मोर्चाको आक्रमणबाट एक हातसमेत गुमाएका युवकको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।