नेपालमा मोदीको प्रोपोगाण्डा गोयबल्सको जस्तै- भारतीय सांसद मणि शंकर

भारतले नेपालको संविधानसभाले बनाएको संविधान अस्वीकार गर्दै अघोषित नाकाबन्दी गरेपछि भारतीय कुटनीतिक बहस पनि विभाजित भएको छ ।

पूर्व भारतीय राजदुत सुदको आक्रामक प्रश्नः मोदी कसरी हस्तक्षेपकारी ?

कतिपय पूर्व राजदुतहरुले मोदीको नीति बचाउ गर्दै उग्र कुरा गरेपनि अधिकाँश कुटनीतिक मामलाका जानकार, कांग्रेस पार्टीका नेताहरु भने मोदीको रबैयाप्रति असन्तुष्ट देखिएका छन् ।

फेसबुक मुख्यालयमा रोए मोदीः नेपालीले मोदीलाई सोधेका प्रश्न को जवाफ ?

यसै क्रममा भारतको विपक्षी भारतीय दल कांग्रेसका राज्यसभा सांसद समेत रहेका विदेशमामिला विज्ञ मणि शंकर ऐयरले एनटिभीको अनलाइन स‌ंस्करणमा लेखेको लेख यतिबेला भाइरल बनेको छ ।

 एनडिटीभीमा ‘पाकिस्तान पछि अर्को छिमेकीलाई एक्ल्याउँदै मोदी’ शीर्षकको लेखमा उनले नेपालमा मोदीको प्रपोगाण्डा गोयबल्सको शैलीलाई पनि मात दिने रहेको तर मोदीले असल सम्बन्ध रहेको छिमेकी नेपाललाई पनि एक्ल्याउने स्तरमा उत्रिएको लेखेका छन् ।

भारतीय कांग्रेसका सांसद मणिशंकर ऐयर
मोदीले काठमाडौंका सडकमा ओर्लिएर बच्चा-बच्चीसँग हात मिलाउँदा नै आफ्नो कुटनीतिक सफलताकोरुपमा लिएर नेपाललाई आफ्नै देशको प्रान्त जस्तो ब्यवहार देखाएर अन्ततः नेपाललाई एक्ल्याउने खालको ब्यवहार प्रदर्शन गरेको उनको तर्क छ । मोदीले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्नुमा उनको बैचारी तथा चुनावी स्वार्थ जोडिएको मणि शंकरको विश्लेषण छ ।

भारतीय जनता पार्टीको आधार नै धार्मिक अतिबादी संगठन रहेको शन्दर्भमा नेपाललाई हिन्दु राष्ट्र बनाउने अभिष्ट पुरा नहुनु र भारतप्रति विशेष बफादार मानिएका मधेशी नेताले भने जस्तो माग समेत नपरेको कारण देखाएर मोदीले बैचारिक र चुनावी फाइदा लिन खोजेको उनको भनाइ छ । विहारको चुनावमा नेपालप्रति विशेष आक्रामक देखिएर मधेशीको आफ्नो बनेर फाइदा लिने र पार्टीमा धार्मिक कुराले क्रेडिट लिन खोज्ने मोदीको प्रायसस्वरुप नेपालमा यति विघ्न हस्तक्षेपकारी बनेको उनको विश्लेषण देखिन्छ ।

भारतले निहुँ खोजेपछि चिनियाँ राजदुतलाई बोलाएर प्रचण्डले भने- नाका खोल्न सहयोग गर्नुस्


नेपालको संविधान अत्याधिक सभाषद संख्याले हस्ताक्षर गरेको तर्क गर्दै उनले भारतले नेपालप्रति देखाएको ब्यवहार पूर्णतः गलत रहेको भनेका छन् । भारतले नेपाली संविधानको स्वागत गर्नु पर्ने थियो भन्ने कुरा पनि उनले लेखमार्फत राखेका छन् ।

मोदीलाई नेपालीले फेसबुकमा सोधेका प्रश्नको जवाफ नै आएन

अमेरिका देखि दुवइ सम्म भाषण गर्दा नेपालको नाम उच्चारण गर्ने गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेसबुकको हेडक्वार्टरमा पुग्दा भने नेपालीले सोधेका हजारौं प्रश्नका बाबजुद पनि नेपालको नाम लिएनन् ।



भूपरिबेष्ठित छिमेकीलाई अघोषित नाकाबन्दी गरेर अमेरिका गएका मोदीलाई आइतबार फेसबुकको हेडक्वार्टरमा गएर संस्थापाक मार्क जुकरबर्गसित लाइभ प्रश्नोत्तरमा सहभागी भएका थिए । तर नेपालीहरुले सोधेका सयौं प्रश्नबारे फेसबुक हेर्डक्वाटरमा छलफल नै भएन । मोदीले कुटनीतिक सम्बन्धको कुरा गर्दा पनि नेपालको नाम उच्चारण गरेनन् ।




मोदीलाई प्रश्न सोध्न आह्वान गरेका फेसबुकका संस्थापक मार्क जुकर्वर्गको पेजमा मोदी लक्षित ४४ हजारभन्दा बढी प्रश्न संकलन भएका थिए । तर नेपालीका हजारौं प्रश्नबारे त्यहाँ छलफल नै भएन ।

आफ्नो पोष्टमा मोदीलाई प्रश्न गर्न आग्रह गरेका मार्कको पेजमा नेपालीहरुले पनि सयौं प्रश्न लेखेका थिए । खासगरी भू-परिबेष्ठित देशलाई नाकाबन्दी गर्ने मोदी सरकारको निर्णयप्रति मुख्य आक्रोश देखिएको भएपनि यो विषयमा जुकर्वर्गले छलफल नै गराएनन् ।

प्रतिक्रिया दिनुहोस