तयार भयो ३ सय ५० पेजको 'ओरिजनल' संविधान

काठमाडौं : संविधानसभाले भदौ ३० गते पारित गरेपछि अहिले संविधानमा सभासदहरुले धमाधम हस्ताक्षर गरिरहेका छन्। सभासदहरुले हस्ताक्षर गर्नका

लागि नेपाली कागजमा छापिएको संविधानको मूल कपी ३ सय ५० पेजको छ। संविधानको मूल कपी ५ प्रति छापिएको छ। परिमार्जित विधेयक संशोधन पछि संविधान ३५ भाग र ३०८ धाराको छ। आज हस्ताक्षरका लागि संविधानसभाको ल्होत्से हलमा राखिएको संविधानको प्रतिको अन्तिमतिर अनुसूचिहरुपछि राषट्रपति डा.रामवरण यादवले हस्ताक्षर गर्ने ठाउँ राखिएको छ।

प्रतिक्रिया दिनुहोस