‘सम्बन्ध बिगार्नेहरुबाट सजग हुनुपर्छ’
९ असोज, काठमाडौं ।
एमाले अध्यक्ष केपी ओलीले नेपाल र भारतबीचको सम्बन्ध विगार्ने प्रयास भइरहेको भन्दै यसप्रति दुबै मुलुक सजग रहनुपर्ने बताएका छन् ।
एमाले निकट राष्ट्रिय पर्यटन व्यवासायी संगठनको पहिलो महाधिवेशनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै ओलीले केही व्यक्तिको निहित स्वास्र्थका कारण सम्बन्ध बिगार्ने स्थिति उत्पन्न भइरहेको उल्लेख गरे ।
KP oli talking‘नेपाल र भारत एकअर्काका भरपर्दा मित्र हुन्’ ओलीले भने,’नेपाल र भारतबीच सदियौदेखि मैत्रीपूर्ण सम्बन्ध छ, यसलाई केहीले बिगार्न खोजेका छन् ।’ सम्बन्ध बिगार्न खोजीएको कुरा भारतका जनता र नेता दुबैले बुझेको भन्दै ओलीले नेपाल र भारत दुबैले एकअर्काको अहित नचाहने उल्लेख गरे ।
उनले संविधानमा जनताका अधिकार समेटिएको उल्लेख गर्दै मधेसी दलका कारण मधेसका जनताले दुःख पाएको बताए । जनताको यति अधिक समर्थनमा संविधान जारी भएको उदाहरण विश्वमै नरहेको ओलीको दाबी थियो । उनले यति धेरै समर्थनमा जारी भएको संविधानमा कसैले प्रश्न उठाउन नसक्ने बताए । आजको कान्तिपुरमा खबर छ ।