भारतले नेपालसँग साम्प्रदायिक युद्ध सुरु गर्‍याे: बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नेपालसँग साम्प्रदायिक युद्धको सुरुवात गरेको बताएका छन्। उनले भारतले नेपालसँग साम्प्रदायिक र जातीय भड्काउ युद्ध सुरु गरेको बताएका हुन्।



'भारतले नेपालका समुदायलाई भड्काएर साम्प्रदायिक युद्ध सुरु गरेको छ,' बिजुक्छेले भने, 'भारत आफैँले विरोध नगरी नेपालका तराईवासीलाई उचालेर विरोध गराएको छ, भारतले अघोषित नाकाबन्दी गरेर शत्रुताको घोषणा गरेको छ।'
नेपाल सरकारले भारतको मात्रै भर नपरेर चिनियाँ नाका पनि खोल्नका लागि चासो दिनुपर्नेमा जोड दिँदै उनले तत्काल चीनबाट पेट्रोलियम पदार्थ र बङ्गलादेशबाट ग्यास ल्याउने काम सुरु गर्नुपर्ने बताए।

नेपाल क्रान्तिकारी युवा सङ्घले आयोजना गरेको उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय फुटसल प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कार वितरण कार्यक्रममा विजुक्छेले यस्ताे बताएका हुन्।
दिँदै कार्यक्रममा बिजुक्छेले प्रतियोगितामा उपाधि हात पार्ने चाँगुनारायण नगरपालिका झौखेलस्थित नवीन इङ्लिस स्कुललाई ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरे। भक्तपुरको सहिद स्मृति खेल मैदानमा सम्पन्न भएको फाइनल खेलमा मध्यपुर थिमिको प्राइम एकेडेमीलाई २–४ को अन्तरले पराजित गर्दै नवीन इङ्लिस स्कुलले उपाधि हात पारेको हो।

प्रतिक्रिया दिनुहोस