मोदीले हामीलाई त झुक्याए, नेपालीलाई चोट नदिउन्’
पहिले गोर्खाल्याण्डको समस्या समाधान गर्न माग
इलाम : भारत स्वतन्त्र भएदेखि नै दार्जीलिङ पहाडसहितको नेपाली मुलका भारतीयहरु बसेको भूमिको स्वायत्तता माग गर्दै आएकारुले मोदी सरकारलाई नेपालको राजनीतिमा हस्तक्षेप गर्नुअघि दार्जीलिङको समस्या समाधान गर्न आग्रह गरेका छन् ।
चुनाबताका ‘गार्खालीको सपना मेरो पनि सपना’ बताएर भोट मागेका मोदीले सत्तामा पुगेपछि ‘वाचा विर्सेको भन्दै नेपालतर्फ चासो नदिइ स्वदेशको समस्या समाधान गर्न आग्रह गरेका हुन् ।
गोर्खाल्याण्डको पक्षमा लडेकाहरुले मोदीले चुनावताका गोर्खाल्यण्डको सपना पालेका पहाडीयाको मत लिएको आरोप लाग्ने गरेको छ ।
उनीहरुले सार्वभौम नेपालीको भावनामा चोट पर्ने कदम नचाल्न पनि आग्रह गरेका छन् । पहिचानको आन्दोलमा अग्रमोर्चामा रहने दार्जीलिङ बजारका रोशन भुटीयतले भने, ‘मोदीले हामीलाई त झुक्याए , नेपालीको मनमा चोट नपुर्याउन् ।’
जीटीए पाएपछि आन्दोलन तुहाएर पदका लागि काम गरेको आरोप गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङलाई लागेको छ ।
उनी अहिले जीटीएका प्रमुख छन् । भारत स्वतन्त्रताको पहिलो अध्यायदेखि नै गोर्खाहरुले गोर्खाल्याण्ड माग्दै आएका छन् ।
‘गोर्खाल्याण्डकै निम्ति गोर्खाहरुले सरकारलाई इतिहास पढाए । भुगोल देखाए । भाषा, संस्कृति र फरक पहिचान भएको बुझाए । तर, गोर्खाल्याण्ड सम्भव भएन ।’ स्थानीय बुद्धिजिवीहरु भन्ने गर्छन् ।
गोर्खालीहरुले गोर्खाल्याण्ड पाउने आशमा धेरैलाई सत्तामा पुर्याएका छन् । चुनाव जिताएर सत्तामा पुर्याइएका इन्द्रजित खुल्लर, जसवन्त सिंह र एसएल हलुवाईले धोका दिएको उनीहरुको बुभाइ छ । मोदीले पनि यही मेसोमा धोका दिने गोर्खालीको आशंका छ ।
फाइल फोटो
‘गोर्खाल्याण्डबारे अब थाहा पाउन बाँकी छैन, सरकार त के विश्वले हाम्रो मागलाई बुझेको छ’, गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ता सोनाम भोटीयाले भने ‘सरकार निदाएको नाटक गरेर हामीलाई खेलाइरहेको छ । ’
गोर्खाल्याण्ड आन्दोलन जति चर्केपनि कुनै ‘विकल्पमा पुगेर’ रोकिने गरेको छ । पछिल्लो विकल्प ‘जिटिए’ मा पुगेर रोकिएको आन्दोलनप्रति ज्यान माया मारेर आन्दोलनको मोर्चा सम्हालेका गोर्खा जनमुक्ति मोर्चाका युवा कार्यकर्तालाई चित्त बुझेको छैन ।
यसअघिका आन्दोलन पनि कहिले छैटौ अनुसुची, कहिले दाजिलिङ गोर्खा पार्वतीय परिषद्को नाममा रोकिएको थियो । अहिले पनि मोदीले बाचा भुल्दा पहिलेकै उपक्रम दोहोरिने उनीहरुको अनुमान छ ।
मोदीलाई गोर्खाल्याण्डको समस्या समाधान गर्न दार्जीलिङका नेपालीभाषी मात्र हैन त्यहाँका गोर्खालीलाई माया गर्ने नेपाली पनि तम्सिएका छन् ।
दार्जीलिङका साहित्यकारसँग नजिक रहेका कवि विमल वैद्य भारतले ‘फुटाउ र शासन गर’ नीति लिएको बताउँछन् ।
उनले भने ‘दार्जीलिङमा धमाधम जातीय बोर्डहरु गठन हुन थालेछन् । शेर्पा विकास वोर्ड, लेप्चा विकास वोर्ड, गुरुङ विकास वोर्ड, लिम्बू र राई विकास बोर्ड’, उनले भने, ‘हरेक बोर्डमा मुख्यमन्त्री ममता वनर्जी आफैँ उपस्थित भएर करोडौँ रुपयाँको चेक दिन थालिछन् । गोर्खा ल्याण्डको डिभाइड एण्ड रुल यहाँ पनि देखियो ।’
वैद्य मात्र हैन कलाकार दीपकराज गिरी पनि भारतको भूमिकाप्रति खुशी छैनन् । ‘दार्जीलिङमा गोर्खाल्याण्डको मागमा तनाव हुँदा हामीले त्यसलाई स्वागत गरेर नयाँ दिल्लीमा कहिलै दूत पठाएनौ’, उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘नेपालीमुलका नागरिकलाई लाठी र गोला बर्साउँदा हाम्रो सरकार चूँसम्म बोलेन किनकी त्यो तपाईँको आन्तरीक ममला हो ।’
उनले कुबेलामा भारतले हस्तक्षेप गरेको प्रति गुनासो गर्दै भारतले मध्यस्थता गरेको भए मोदीको ‘फ्यान बढ्ने थियो ’ भनेका छन् ।