राजधानीमा नै देखियो स्वाइन फ्लु, महामारी फैलिन सक्ने चिकित्सकको चेतावनी
काठमाडौं, असोज ६ । राजधानीमा ४ जनामा स्वाइन फ्लु देखिएको छ । काठमाडौँ उपत्यका बाहिर यसको प्रभाव बढी भएपनि अहिले काठमाडौँमा नै यसका बिरामी भेटीनुले चिकित्सकले सर्तक हुन आग्रह गरेका छन् ।
एक साता यता मात्रै टेकु अस्पताल पुगेका चार जनालाई स्वाइन फ्लु भएको अस्पतालले पुष्टि गरेको छ । अस्पतालका अनुसार हिजो भक्तपुरका एकजना बिरामीसहित काठमाडौंका तीन जनालाई स्वाइन फ्लु लागेको पुष्टि भएको हो ।
अरु बिरामीलाई पनि स्वाइन फ्लु भएको हुन सक्ने आशंका गरिएको छ । काठमाडौं बाहिरका जिल्लामा पनि स्वाइन फ्लुको जिवाणु सक्रिय भएको डाक्टरको अनुमान छ ।