आर्यानलाई सुहागरात मनाउन सिकाई दिने नायिकाको प्रस्ताव । (हेर्नुहोस भिडियो)
असोज ७, काठमाण्डौँ । एन्जेलीना जोलीको नेपाली रुप मानीएकी आशिका तामाङले चकलेटी नायक आर्यान सिग्देललाई सुहागरात मनाउन सिकाई दिने प्रस्ताव राखेकी छिन् । उनको यो प्रस्तावलाई आर्यानका बुबाले पनि स्वीकार गर्न निर्देश गरेका छन् । सुहागरातबारे आशिकासँग सिक्न आर्यनका बुवाले निर्देशनसमेत दिएका छन् । आर्यानलाई आशिकाले मन पराएकाले यस्तो प्रस्ताव राखेकी हुन् । आर्यानले अर्कै युवतीसँग विवाह गर्ने भएपछि आशिकाले सुहागरात सिकाई दिने प्रस्ताव राखेकी हुन् ।
अनौठो यो प्रस्ताव वास्तवीक जीवनमा गर्न त मुश्किल नै पर्छ । त्यसैले यस्तो प्रस्ताव कार्तिक ३ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्र सुश्रीका लागि गरिएको हो । आर्यान विवाहित हुन् । सुहागरात मनाउन उनले कसैसँग सिक्न पक्कै जरुरी छैन । चलचित्र सुश्रीमा आर्यान, आशिका, सुरविना कार्की, राजाराम पौडेल, बिकास चापागाईँ, मीश्री थापालगायतको अभिनय छ । आत्माराम थापाको लगानीमा निर्माण भएको सुश्रीलाई शिवम अधिकारीले निर्देशन गरेका हुन् । नब नायिका सुरबिना दोश्रो पटक आर्यानसँग चलचित्रमा देखिन लागेकी हुन् ।