सरकारले गर्यो मोटरसाइकल र्याली निकाल्ने निर्णय, समायोजनको जिम्मा गृहमन्त्रीलाई
३ असोज, काठमाडौं ।
संविधान जारी हुन लागेको उपलक्ष्यमा सरकारले भोलि मोटरसाइकल निकाल्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको छ ।
सरकारले मोटरसाइकल र्याली निकाल्ने कार्यक्रमको समायोजनको जिम्मा गृहमन्त्री बामदेव गौतमलाई दिइएको छ ।
आज साँझ संविधानसभा भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामबरण यादवले जारी गरेपछि नयाँ संविधान लागु हुँदैछ । मन्त्रीपरिषदले राष्ट्रपतिको संविधानसभा भवनमा हुने संवोधनको ब्यहोरालाई पनि अन्तिमरुप दिएको छ ।
सरकार आफैले मोटरसाइकल र्याली निकाल्ने निर्णय गरेकोमा कतिपयले भने आश्चर्य प्रकट गरेका छन् ।

