नेपालले पायो सातौं संविधान, यस्तो छ नेपालमा संविधानको इतिहास (भिडियोसहित)
काठमाडौं, असोज ४ । धार्मिक कानुन र राजा–महाराजाको आदेशमा चल्दै आएको शासन प्रणालीलाई संविधानमार्फत् व्यवस्थित गर्ने प्रयास सुरु भएको ७ दशकको अवधिमा नेपालले सातौं संविधान पाएको छ ।
संवैधानिक विकासक्रमलाई हेर्ने हो भने नेपालले हरेक १० वर्षको अवधिमा एउटा शासन व्यवस्थालाई नै परिर्वतन गर्दै नयाँ संविधान जारी गरेको इतिहास छ ।
राणा शासनप्रति जनताको आक्रोश बढ्दै गएपछि जनतालाई थामथुम पार्न तत्कालीन प्रधानमन्त्री पद्म शमसेरले विदेशी संविधानविद्को सहयोगमा २००४ साल माघ १३ गते नेपाल सरकारको वैधानिक कानुन घोषणा गरेका थिए ।
जसलाई २००५ साल बैशाख १ गतेबाट लागू गर्ने भनिए पनि आफ्नै भाइभारदारको दबाब थेग्न नसकेपछि उनले संविधान त लागू गराउन सकेनन् उल्टै राजीनामा दिनुपर्यो ।
कार्यान्वयन नभए पनि संविधानवादका दृष्टिले त्यो नै नेपालको पहिलो लिखित संविधान बन्न पुग्यो । (विस्तृतमा भिडियोमा हेर्नुहोस्) ।

