काठमाडौंमा संविधान घोषणा हुनै लाग्दा मधेसमा गोली चल्यो, एक जनाको मृत्यु प्रहरीको गोली लागेर १० प्रदर्शनकारी घाइते

बीरगञ्ज, ३ असोज । देशैभरी संविधान घोषणाको दीपावली मनाइरहेका बेला मधेसमा आइतबार आज गोली चलेको छ ।


पर्साको सदरमुकाम बीरगञ्जमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । कर्फ्यू तोडेर प्रदर्शन गर्न खोजेपछि बीरगञ्जमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
झडपमा प्रहरीको गोली लागेर बीरगञ्जका शत्रुघ्न पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको गोली लागि १० प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ ।
संविधान जारी हुने तयारी भइरहेका बेला पर्सा सहित तराइ मधेशका अधिकांश जिल्लामा तनावको अवस्था छ । यसैबीच मधेसी नेताहरुले आजको दिनलाई मधेसमा कालोदिनका रुपमा मनाएका छन् ।
dainiknepal.com

प्रतिक्रिया दिनुहोस