बाबुराम भारतीय योजना अनुसार चलेको प्रचण्डको खुलासा !
काठमाडौं १० असोज । आजबाट शुरु भएको एमाओवादी पार्टीको केन्द्रीय समितिको बैठकमा बाबुराम भट्टराईका बारेमा माओवादी अध्यक्ष प्रचण्डले नयाँ कुराको खुलासा गरेका छन् ।
सबै व्यवधान छिचोली संविधान बनेर जारी हुने अन्तिम चरणमा पुगेका बेला भारतीय राजदूतका साथमा लाजिम्पाटस्थित निवासमा आएर बाबुरामाले ७ दिन प्रक्रिया स्थगित गरौं भनी प्रस्ताव राखेका प्रचण्डले बताए ।
सभासदहरु संविधानसभाबाट बाहिर जाने बित्तिकै संविधान जारी हुँदैन भनेको हुँ ।’ यसो भन्दा बाबुराम बिच्किएको आफूले महशुस गरेको उनले बैठकमा खुलाए । पार्टीभित्र छलफल हुनुपर्ने आन्तरिक विषयलाई भारतीय राजदूतलाई साक्षी राखेर बाबुरामले प्रतिबद्धता खोजेकोप्रति प्रचण्डले आक्रोश व्यक्त गरेका एक केन्द्रीय सदस्यले बताए ।
प्रचण्डले बैठकमा अलिक कडा प्रस्तुती दिंदै भारतीय व्यवहारको आलोचना पनि गरे । भारतीय राजदूतको व्यवहार अपमानजनका रहेको उनको ठम्याइ थियो । उनले त्यतिबेलाका घटनाक्रम उजागर गर्दै भने हामी प्रधानमन्त्री भइसकेका नेताहरुलाई राजदूतले आएर अपमान गर्ने अवस्था आयो ।
अब हामी तिमीहरुका दास बन्न सक्दैनौ, हाम्रो संविधान हामी आफै बनाउँछौ’ भारतीय अधिकारीहरुलाई आफूले दिएको जवाफ उघृत गर्दै दाहालले आइतवार पेरिसडाँडामा बसेको केन्द्रीय समितिको पूर्ण बैठकमा भने । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ संविधान बनेपछि स्वागत गरेर खुसी हुनुपर्ने छिमेकी भारतले नाकाबन्दी गरेर नेपाली जनताको निर्णयको अपमान गरेको बताए ।
आजैदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्ड भारतीय व्यवहारविरुद्ध निकै आक्रमक रुपमा प्रस्तुत भएका हुन् । बैठकमा सहभागी एक सदस्यका अनुसार प्रचण्डको प्रश्न थियो, असल छिमेकीको व्यवहार यस्तै हुन्छ ? अब हामीले के बुझ्ने ?
प्रचण्डले आन्दोलनकारी मधेसी मोर्चालाई अघि सारेर भातरले नाकाबन्दी लगाएको बताए। पूर्व प्रधानमन्त्रीको हैसियतमा रहेका नेपाली नेताहरुलाई भारतीय राजदूत रञ्जित रेले अपमान गरेको पनि खुलासा गरेका छन् ।

