अख्तियारले भन्यो उर्जामन्त्रीलाई कारवाही गर, मन्त्रीको पद खुस्किने
१ असोज, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उर्जामन्त्री राधा ज्ञवाली सहित विद्युत प्राधिकरणका केही कर्मचारीमाथि कारवाही गर्न प्रधानमन्त्रीलाई सिफारिश गरेको छ ।
सोलु कोरिडोर विद्युत प्रसारणलाइनमा २६ करोड रुपैया अनियमितता गरेको ठहर गर्दै अख्तियारले उर्जामन्त्रीसहित प्राधिकरणका कर्मचारीलाई मुद्धा चलाउने तयारी अख्तियारले गरेको हो ।
अख्तियारको मुद्धा चलेमा उर्जामन्त्रीको पद स्वतः जाने छ ।

